स्थिति असहज भएको भन्दै नेपाली कांग्रेस बुटवलको चासो

प्रकाशित मिति:

बुटवल-कोरोनाले जनजीवन आहत बन्दा पनि सरकारले वेवास्ता गरेको भन्दै नेपाली कांग्रेस बुटवल नगर समितिले ध्यानाकर्षण गराएको छ।

बिहीबार विज्ञप्ती जारी गर्दै नगर सभापति खेलराज पाण्डेयले असहज अवस्थामा जनताको जिउ जोगाउनको साटो सरकार आफ्नै ध्याउन्नमा लागेको भन्दै आलोचना गरेकाछन् । बिरामीलाई अस्पताल पुर्‍याउन पाइदैन, पुर्याए पनि वेड पाउन गार्हो छ, वेड पाइहाले पनि प्रभावकारी उपचार छैन,स्थिति गम्भीर छ’ विज्ञप्तिमा भनिएको छ, ‘ स्थानीय,प्रदेश र केन्द्र सरकार संकट समाधान गर्दै जनताको प्राण बचाउने भन्दा पनि आआफ्नै ध्याउन्नमा छन् ।’

संकट समाधानमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै पार्टी पंक्तिलाई सहयोगमा जुट्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । बुटवलमा केही दिन देखि अक्सिजन र वेड अभावका समाचार आइरहेकाछन् ।