न्यू योर्कमा मिस नेपाल नर्थ अमेरिका २०२१ आयोजना हुने

प्रकाशित मिति:

विजय थापा-  बिश्व कै सम्राट राज्य न्यू योर्कमा मिस नेपाल नर्थ अमेरिका २०२१ आयोजना हुने भएको छ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो । सन् २०१९ अगस्त १७ का दिन न्यूयोर्कमा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्ने भएको छ । बिगतका प्रथम र द्वितीय दुई प्रतियोगिताहरु अगस्त महिनामा आयोजना गरिएको थियो । आयोजकका अनुसार बिस्तृत रुपमा मिति र स्थान समेतको घोषणा गरिने छ । अन्य जानकारीको साथै आवेदन मिती तथा बिस्तृतमा जानकारी चरणबद्ध रुपमा सूचना दिने आयोजक समूहका संस्थापक सभापति शैलेन्द्र श्रेष्ठले बताए ।

मिस नेपाल नर्थ अमेरिका २०१९ को अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त १७ शनिबारका दिन सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको लागि २०१० कि नेपाल सुन्दरी (मिस नेपाल २०१० )सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफर( प्रशिक्षक )को भूमिका निर्वाह गरेकी थिइन् । यसै गरि मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा प्रमुख निर्णायक रहेकी थिईन । ११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेन्द्र श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।@enepalese.com