आजको पूजाआजाले लक्ष्मीको कृपा प्राप्त हुने विश्वास

प्रकाशित मिति:

काठमाडौँ /माता लक्ष्मीलाई हिन्दुहरु धन तथा सुन्दरताकी देवीका रुपमा पुज्दछन् । उनको आराधना गरे धनधान्यमा वृद्धि हुने तथा सम्पन्नता बढ्ने विश्वास गरिन्छ । लक्ष्मीको आराधना गर्न शुक्रबार उत्तम मानिन्छ शुक्रवार माता लक्ष्मीको दिन मानिन्छ । त्यसैले यस दिन उनको पूजा गरे भक्तको मनोकामना पुरा हुने धार्मीक विश्वास गरिन्छ । घरमा लक्ष्मीको पूजा गर्दा गाईको घिउको दियो बाल्नु पर्ने मान्यता छ ।

यसो गर्दा माता लक्ष्मी प्रसन्न हुने विश्वास गरिन्छ  पौराणिक मान्यता अनुसार शंख, अमला र सेतो वस्तुमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले शुक्रबार यी सामग्रीको पूजा गर्नु पर्दछ ।शुक्रवार लक्ष्मीलाई खीर वा सेतो बर्फीको भोग लगाएर पुजाकर्ताले प्रसादका रूपमा ग्रहण गरे लक्ष्मी कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।५। शुक्रवार लक्ष्मीको पूजा पश्चात ’ॐ श्रींह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ॐ महालक्ष्मी नमः ।।’ को जप गरे सौभाग्य वृद्धि हुने विश्वास गरिन्छ ।