पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै उच्च ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति:

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाईरसका संक्रमितको संख्या वढ्ने क्रम रोकिएको छैन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ । हालसम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । यस्तै त्यहाँ एकैदिन ३९ सय २० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।