अस्पतालमा बेड नपाए के गर्ने ? – डा: रवीन्द्र पाण्डे

प्रकाशित मिति:

दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाँप बढेको छ  जसको कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ  पिसिआर पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्नुहुँदैन  यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्दछ  फिभर क्लिनिकमा चिकित्सकको जांच, एक्सरे आदि हुन्छ  त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ

उपरोक्त अस्पतालमा बेड नपाएमा आफै अस्पताल खोज्दै भौतारिनु हुँदैन  त्यहाँ रहेको ट्रली, कुर्सि, चौर, बरण्डा जहाँ भएपनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ  अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ  कहिलेकाँही केहि घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ  ट्रली वा कुर्सीमा बसेर उपचार गरेको बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्दछ वा आफै बेड खोजेर अर्को अस्पतालमा पठाउँछ ,आइसीयुमा बस्नुपर्ने अवस्था भए उपरोक्त अस्पतालले या आइसियुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसीयु खोजेर पठाउँछ  यहि बीचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजि गर्न सकिन्छ  ।यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ ्र धेरै बिरामी भुईमा सुतेर भएपनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिदा जीवनलीला समाप्त गरेका छन् ्र जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ

आफुले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसंग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ  अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ  गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ  विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भएपनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्नुहुँदैन  ।अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्वपूर्ण लाग्छ  सबै चिकित्सक तथा नर्सले आफुलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ  चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ  तसर्थ तपाईलाई कम महत्व दिनुको अर्थ तपाइंको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्दछ  आफुलाई समस्या परेमा स्पष्ट रुपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्दछ ्र शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ

सबैभन्दा ठूलो कुरा त मनोबल नै हो  म अस्पतालमा छु, छिटोढिलो उपचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर फर्किन्छु भन्ने तीब्र इच्छाशक्तिले तपाइंलाई बचाउने छ  कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ  यस्तो अवस्थामा कोभिडको कारणले भन्दा पनि आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ  एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यहि एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्याउँछ  आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भएपनि आकस्मिक घटना घट्न सक्दछ  तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन  कहिल्यै पनि आत्मबलभन्दा रोग ठूलो हुँदैन