यो हप्ता कृष्ण लामिछाने समुहको शिकागो, आईवा र केन्टकीमा भेटघाट कार्यक्रम

प्रकाशित मिति:

अमेरीका– एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको मिती संघारमा रहेको बखत अध्यक्ष पदका शक्तिशाली उमेद्वार कृष्ण लामिछानेर उनका सारथीहरुको दौडाहा रथ यो सप्ताहन्तमा शिकागो, आईवा र केन्टकीतिर हांकिएको छ । कोलोराडोबाट नेजस नेता बिष्णुसुवेदी, फिलिप केसी, खड्ग उप्रेती जस्ता सारथीहरुको साथ पाएर बलिया बनेका लामिछाने र उनको समुह खुशीयालीमा आफ्नो रथ यीतीन निर्णयक भोट रहेको क्षेत्रतिर हुंईक्याउंदैछन ।

भोली शुक्रवार लामिछाने र उनको समुह शिकागो शहरमा आफ्नो प्रचार कार्यक्रमको लागि पुगिसकेका छन । एनआरएनए अमेरिकाकोअध्यक्ष पद हांक्न सक्ने क्षमता राख्ने तर सदस्य पदमा उमेद्वारी दिएका बाला घिमिरेहरुको क्षेत्र शिकागोमा लामिछाने र उनको समुहलेआफ्ना कार्यक्रम गर्नेछन । कृष्ण लामिछाने समुहलाई सघाएका एनआरएनए बोर्ड सदस्य पदका उमेद्वार घिमिरेको क्षेत्रमा लामिछानेसमुहको अर्को सफलतपूर्ण कार्यक्रमको आयोजना हुंदैछ । पर्सी शनिवार लामिछाने समुह आईवा राज्य पुग्नेछ । स्थानिय बेटनड्रफ नगरमा लामिछानेले ‘मर्दा र पर्दाको एनआरएनए अमेरिका’ बनाउने आफ्नो एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम छ । कृष्ण लामिछाने जिताऔं अभियानका संयोजक एवम नेजस नेता प्रमोद सिटौलाहरुउक्त कार्यक्रमहरुमा लामिछाने समुहको बलका रुपमा उपस्थित हुनेछन ।

आईतवार केन्टकी राज्यको लेक्जिन्टन नगरमा लामिछाने समुहले आफ्नो सामुदायिक भेटघाट कार्यक्रम गर्नेछन । एनआरएनएअमेरिकाका चर्चित नेता पुरुषोत्तम बोहोरा, आईसिसी सदस्य महेन्द्र बस्नेत लगायतकाहरुको बलमा लामिछाने र उनको समुहकासदस्यहरुले साझा एनआरएनए अमेरिका निर्माण अभियानका बिचारहरु प्रस्तुत गर्नेछन । जन्मभुमी नेपालमा हाल महामारीको रुपमा फैलिएको कोभिड –१९ को बारेमा लामिछानेले अघि सारेका सहयोग अभियानलाई सार्थकतादिन उनको समुहले सहयोगका लागि अभियान पनि साथमा लैजाने बताईएको छ ।