रुपन्देहीको सियारी गाउँपालिकामा समुदायस्तरमा कोरोना परिक्षण सुरु

प्रकाशित मिति:

रूपन्देही, वैशाख २४ ।रूपन्देहीको सियारी गाउँपालिकाले समुदायस्तरमा कोरोना परिक्षण सुरू गरेको छ । कोरोना भाइरसको दोस्रो लहर समुदायस्तरमा फैलिसकेकाले यस्को अवस्था तथा यस्को रोकथामका लागि शुक्रबार देखि समुदायस्तरमा परिक्षण सुरू गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको वडा नं १ देखि वडा नं ७ सम्मका सवै वडाहरुमा परिक्षण गरिने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नुभयो —“हामी समुदायस्तरमा सम्भावित ब्यक्तिहरुलाई र लक्षण देखिएकालाई परिक्षण गर्छौं, परिक्षणलाई प्रभावकारी बनाउछौं, गाउँपालिका बासिहरुको स्वास्थ्य प्रति हामी सचेत छौं, अहिले गाउँपालिकाको लगानीमा हामी पिसिआर किट खरिद गरेका छौं ।” समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली गाउँगाउँमा पठाइएको उहाँले बताउनु भयो । यस्तै गाउँपालिकाले वडा नं २ र वडा न  ७ मा अक्सिजन सहितको कोभिड विशेष अस्पताल संचालनमा ल्याएको छ ।