एन आर एन मुभमेन्ट र राजनीतिक प्रश्न

प्रकाशित मिति:

यतिवेला नयाँ कार्यकाल का लागि एनआरएन अभियान कर्ताहरु आआफ्नै तरिकाले विश्वभर लागि रहनुभएको छ। यो एउटा स्वच्छ उदेश्य र लक्ष लिएर सानो समुहवाट शुरुवात भएपनि हाल सदस्य र संगठन का हिसाब ले नेपालिहरुको सबैभन्दा ठूलो एकत्रित गर्ने थलो भएको मा हाल सम्म का अभियानकर्मि लाई नमन गर्नै पर्छ।

संगठन का उदेश्य र लक्षहरु सबै अबस्थामा जड हुन्छ भन्ने हुदैन तसर्थ समय र अावश्यकता अनुसार नयां लक्ष थपिने र सो अनुसार संगठन संरचनामा फेरवदल जरुर हुने गर्दछ। देश को कानुन र परदेश का कानुन हरु एक अापसमा मेल नखाने र नेतृत्वमा जान चाहाने ब्यक्ति का राम्रा नराम्रा दोश वा गुणले यसलाई कहिलेकाहीँ प्रभावित पारिरहेको भएपनि मजवुति का साथ १ दशक पनि नभएको ,गैरनाफामुलक संस्थाले गरेको काम लाई प्रशंसा गरिएन भने अन्याय हुन्छ।

हाल प्रवासमा रहेका २५-५० उमेर समुहका सवैजसो नेपाली ,पटक पटक का नेपाल को राजनिती वाट अभ्यस्त छन्, चाहेर नचाहेर नेपाली हरु कित्ता कित्तामा विभाजित भएको कुरा यथार्थ हो,यसवाट कोहि जानकार छैन भने वुझ पचाएको माने फरक नपर्ला। तर गैरनाफामुलक संस्था मा राजनिती गर्न हुन्न भन्ने विश्वब्यापि मान्यता पनि अर्कोतिर छ। समाज को वनोैट, अार्थिक अवस्था र चेतना को स्तर अनुसार सो सोचाई ले अाधिकारिकता पाउने गर्दछ। हाल म रहेको अमेरिकि समाज मा विध्यालय, प्रसासन र गैर नाफामुलक संस्था मा मात्रै हैन नाफामुलक संस्था, सरकारि कार्यालय अादि मा पनि राजनिती को नाम मा कित्ताकाट कहिं अाभाश पनि हुन पांउदैन तर हामी अभ्यस्त नेपाली समाजमा हरेक मानिस राजनितीक रुपमा विभाजित छन् जन्ति र मलामि पनि कित्ता काट को अबस्थामा छ। रेडक्रस देखि विध्यालय वा प्रहरी देखि प्रसासनिक निकाय सम्म, को कुन कित्तामा छ सजिलै छुट्टाउन सकिन्छ ।

एन अार एन मुभमेन्ट मा गैरराजनितीक संस्था वनाउन कानुनि रुपमै ब्यवस्था भएपनि कतिपय अबस्थामा रंग देखिनाले यसको भविष्यमाथि शंकागर्ने मानिस पनि भेटिन्छन् । संस्थामा नेतृत्व गर्ने कठिन कुरा हो, सम्पत्ति धेरै भएर वा विध्वान भएर मात्रै संस्था हाकिने होईन, यसकालागि नेतृत्व अाकांक्षा, भिजन, र क्षमता पनि चाहिन्छ साथै साथिहरुलाई जोड्ने कडि पनि ,तेसैले कतिपय अवस्थामा कडि का रुपमा विगत को पृश्ठभुमि जोडिनाले राजनितीक गन्ध अाएको गुनासो पनि देखिन्छ ।वर्तमान परिस्थिति र उमेर समूह राजनिती नजिक वाट जानेको बर्ग परेकाले,, जुन संस्था मा उनिहरु पुगेपनि सो संस्था राजनीति भन्दा पर पुगेको अबस्था छैन,, चाहे नेपालमा मन्दिर देखि टोल सुधार,वन देखि बिध्यालय सम्म। यसै समाजका हामिहरुकेहि एन अार एन मा पुगेम भने यसलाई सो वाट टाढा राख्न चुनोैतिपुर्ण नै छ।

८० बढि देश मा फैलिएको संस्था र नेपाल संग प्रत्यक्ष सरोकार राख्ने विशयवस्तु एजेन्डामा रहने हुनाले पनि ठूलो नेटवर्क लाई अाफ्नो अनुकुल वनाउन ,नेपालमा क्रियासिल दल हरुले नखोज्लान भन्ने कल्पना गर्न सकिँदैन । तरल राजनितिक अबस्थामा गुज्रिएको देश ले ठूलो सामाजिक संरचना मा अाफ्नो अनुकुल होस् भन्ने मात्रै हैन,, परेको वेला सामाजिक र अार्थिक श्रोत को माध्यम पनि वनाउनु स्वभाविक हो। तिजको दर खाने देखि खेलकुद सम्म विदेश वस्ने मानिसहरुसंग हार गुहार गर्ने वास्तविकता मा ठुला राजनितीक दल ले एन अार एन मा अाफ्नो मानिस भएमा उनिहरुकै माध्यम वाट थप मानिस जोडि दह्रो वैकल्पिक श्रोत पनि वनाउन खोज्ने एकातिर छ भने (विगतमा विदेश सम्पर्क समिति हरु थिए),,अर्कोतिर अभियान कर्मि का मुद्दा मा लविङ्ग गर्न ,,यो वा त्यो समूह नभई नेपालका राजनितीक शक्ति संग हक अधिकार माग्न सक्ने र मुद्दा स्थापित गर्न सक्ने अबस्था छैन। जसले गर्दा नचांहदा नचाहदै पनि नेतृत्व पंक्ति राजनिती को चक्रब्युह मा पर्ने अवस्था छ। अर्कोतिर अाकांक्षि ले अाफु अनुकल नवनाए सम्म नेतृत्वमा अाउन नसकिने ठहर गरि,वेलावेला मा विधान र प्रकृयामा पनि निर्मम प्रहार गर्न राजनितीक शरण लिने गरेको यदाकदा पाईन्छ।

एन अार एन ,, विदेश मा वस्ने नेपाली को हक हित लाई जोड्दै,, नेपाल को अार्थिक ,सामाजिक रुपान्तरण का लागि जोड्ने संस्था भएकाले ब्यक्तिगत लाभ हानि भन्दा सामुहिक हितलाई शिरोधार्य गर्न सकेमा यसका कमिकमजोरि लाई हटाउन सकिन्छ । यो एक अभियान हो,, हाल नेतृत्वमा रहनेहरु सधैं रहने होईन, परिवर्तनशिल समाज मा यदि पद्धति र विधि लाई अात्मसाथ गर्न सके सबै को कल्याण हुने देखिन्छ। धन्यवाद ! जय नेपाल! जय एन अार एन।
प्रदिप पोैडेल
उमेदवार वोर्डअफ डाईरेक्टर
एन अार एन अमेरिका २१-२३