शुद्धोदन गाउपालिकाले निशुल्क पिसिआर परिक्षण सहित शव व्यबस्थापनका लागि सहयोग गर्ने

प्रकाशित मिति:

२४ बैसाख,शुद्धोदन- रुपन्देहीको शुद्धोदन गाउपालिकाले आफ्नो गाउपालिकाका शंकास्पद कोभिड संक्रमित र निजहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुके निशुल्क पिसिआर परिक्षण सहित कोरोना संक्रमण भई मृत्यु भएका आफ्नो नागरिकको शव व्यबस्थापनका लागि सहयोग गर्ने भएको छ। शुद्धोदन गाउपालिकाले आफ्नो गाउपालिका भित्र हुने कोरोना संक्रमणको रोकथाम तथा न्युनिकरणका लागि थप नया योजनाहरु ल्याएको छ । कोरोना संक्रमितहरुको थप उपचार र सुरक्षित रुपमा बिभिन्न अस्पतालहरुमा लैजानका लागि सहज पुर्याउन बिशेष योजनाको रुपमा ती योजनाहरु अगाडी सारेको शुद्धोदन गाउपालिकाले जनाएको छ।

शुद्धोदन गाउपालिकाले आफ्नो गाउपालिकाबाट कुनै पनि कोरोना संक्रमितहरुलाई नेपाल भित्रको जुनसुकै अस्पतालमा जानको लागि एम्बुलेन्स र भाडाको गाडीको नियम अनुसारको खर्च गागाउापलिकाले व्यहोर्ने भएको छ। कोरोना संक्रमितहरुलाई अस्पताल लैजान गाउपालिका २ वटा एम्बुलेन्स संन्चालनमा ल्याइसकेको छ भने भने गाउपालिकाका अध्यक्षले चढ्दै आइरहेको गाडी कोरोना बिरामी बोक्न प्रयोग हुदै आएको गाउपालिकाका अध्यक्ष ले जानकारी दिएका छन। आफ्नो गाउपालिकाको स्वास्थ्य संस्था वा गाउपालिका भित्र कोभिड संक्रमण भई मृत्यु भएमा मृतकको शव व्उबस्थापनमा हुने सम्पुर्ण खर्च गाउपालिकाले व्यहार्ने जानकारी गराउदै अध्यक्ष चौधरीले सो शव ब्यवस्थापनको लागी ट्याक्टर,२ सेट पि.पि.ई., जेसीबि र दाउरा समेत ब्यबस्थापन गरी पायक पर्ने शवदाह स्थलमा लैजानको लागि आवस्यक सहजीकरण समेत गाउपालिकाबाट गरिदिने बतएका छन।

यसैगरी मोतिपुर प्रा.स्वा. केन्द्रलाई १० बेडको कोरोना अस्पतालको रुपमा अगाडी बढाई सेवा दिदैं आएकोमा सो स्वास्थ्य केन्द्रको सेवा २४ सै घन्टा बनाइने, कोरोना बिरामी र संकासंपद बिरामीलाई सम्बन्धित वडाका वडा अध्यक्ष, चिकित्सक, सम्बन्धित वडाको फोकल प्रशन , महिला संमसेविका सहितको टोलीले बिरामीहरुको घरघरमा गई निजहरुको स्वास्थ्य परिक्षण गरी आवस्यक औषधी समेत उपलब्ध गराइने भएको छ भने सो को लागि सम्बन्धित व्यक्तिहरुले आफु रहेको टोल बिकासका अध्यक्ष,महिला स्वयम सेबिकाहरु मार्फत जानकारी गराउन समेत अध्यक्ष चौधरीले आग्रह गरेका छन।

शुद्धोदन गाउपालिकामा हाल सम्म २ जना बिरामी सुधार भएर घर फिर्ता भइसको र २ जना संक्रमितलाई लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा रिफर गरिएको छ भने २ जनाको भने गाउपालिकाले स्थापना गरेको अस्थाई कोरोना अस्पतालमा उपचारत भएको अध्यक्ष चौधरीले जानकारी दिएका छन। शुद्धोदनमा अहिले सम्म कोरोना संक्रमणका कारण एक जना को मृत्यु भैसकेको छ। गाउपालिकाले आफ्नो गाउपालिका भित्र कोभिड संक्रमणको लक्षण देखिएका बिरामीहरु र निजहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुके पिसिआर परीक्षण निशुल्क गर्दै आएको र सो परिक्षणलाई अझ प्रभावकारी रुपमा संचालन गर्दै जाने र सो कार्यलाई अझ प्रभावकारी ढङवाट अगाडी बढाउशुद्धोदन गाउपालिकाका प्रवक्ता राजेन्दै कडेंलले जानकारी दिएका छन। यसैगरी आफ्नो गाउपालिका भित्र हुने कोरोना संक्रमणलाई न्युनिकरण र रोकथामका लागि तथा संक्रमितहरुको सहज उपचार सेवा पुर्याउन र गाउपालिकाले संचालन गरेको अस्थाई कोरोना अस्पतालको सुरक्षित व्यबस्थापन गर्न गराउन जनप्रतिनीधि,कर्मचारी,संचारकर्मी,सरक्षाकर्मी,स्वास्थ्यकर्मी र सरोकारवालाहरुबाट सदैव उचित सल्लाह सुझाव प्राप्त भइरहने र सोही सुझावहरुलाई आत्मसाथ गर्दै महामारीको संकट व्यबस्थापन गरिने समेत अध्यक्ष किशुन चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन।