इमरानद्वारा ट्रम्पको बयानको कडा जवाफ

प्रकाशित मिति:

मङ्सिर ५ बुटवल । पाकिस्तानको मामिलामा लगातार विरोध, आलोचक तथा असहयोगी बन्दै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाकिस्तानी विरुद्ध बयानलाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कडा प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री इमरान खानले ट्रम्पलाई जवाफ दिन उनले जस्तै ट्विटरको सहयोग लिएका छन् । इमरानले ट्रम्पका आरोपहरुको सृंखलाबद्ध तरिकाबाट जवाफ दिएका छन् । पाकिस्तानको निन्दाका लागि ट्रम्पको अगाडी किर्तिमान राख्नु पर्ने खानले बताए । यस विषयमा खानले लगातार तीन ट्विट गरे ।

पहिलो ट्विटमा खानले भेनका छन् , सेप्टेम्बर ११को घटनामा पाकिस्तान संलग्न थिएन तर पाकिस्तानले अमेरिकाको कट्टरपन्थी विरुद्धको लडाईमा सहभागि हुने फैसला लियो । यस लडाईमा ७५ हजार भन्दा धेरै पाकिस्तानीले ज्यान गुमाए र हाम्रो देशको अर्थब्यवस्थालाई १ खर्ब २३ अर्ब डलर नोक्सान उठाउनु पर्यो र अमेरिकाले गरेको सहायता मात्र २० अर्ब डलर थियो ।

दोस्रो ट्विटमा इमरान खानले लेखेका छन्– हाम्रो कबिला इलाका बर्बाद भए र लाखौं नागरिक घरबार बिहिन बने । यो युद्धले आम पाकिस्तानीहरुको जिन्दगीलाई अत्यन्त नराम्रोसँग प्रभावित पार्यो । फेरी पनि पाकिस्तानले अमेरिकालाई स्थल तथा हवाई क्षेत्र उपलब्ध गराइरहे । यसतो त्याग गर्ने कुनै पनि अर्को सहयोगीको नाम ट्रम्पले बताउन सक्छ ?

इमरानले अर्को एक ट्विटमा आफनो असफलताका लागि पाकिस्तानलाई बलिको बोका बनाउनु सट्टा अमेरिकालाई नेटोको एक लाख ४० हजार र ढाई लाख अफगान सैनिक तथा १० खर्ब डलर खर्च खर्चका बावजुद अफगानिस्तानमा आज तालिबान पहिलेको भन्दा बलियो किन छ भन्ने बारेमा गम्भिर मुल्यांकन गर्नु पर्ने उल्लेख गरेको छ ।

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई वित्तिय सहयोग बन्द गर्ने फैसला सही ठहर्याउँदै कडा शब्दको प्रयोग गरेका थिए ।
ट्रम्पले भने– पाकिस्तानले अमेरिकाका लागि केही गरेन । पाकिस्तानले अल कायदा प्रमुख ओसामा बिन लादेनलाई आफनो मुलुकमा लुकाएका थिए ।
फोक्स न्युजलाई दिएको अन्तरवार्तामा लादेनको ऐबटाबाद बसाइलाई लिएर भने – उनी त्यहाँ बसिरहेको थिए भन्ने कुरा पाकिस्तानमा सबैलाई थाहा थियो । त्यो पनि त्यस्तो ठाउँमा, जहाँ पाकिस्तान सैन्य एकेडमीको नजिक नै थियो ।

ट्रम्पले भने– हामीले पाकिस्तानलाई हेरक बर्ष १ अर्ब ३० करोड डलर मद्दत दिइरह्यौं । तर अब यो मद्दत हामीले बन्द गरेका छौं । यसतो किन गरेको हो भने उनीहरुले हाम्रा लागि केही पनि गरेनन् ।

यसअघि पाकिस्तानमा मानवअधिकार मन्त्री सिरिन मजारीले पनि ट्रम्पको बयानलाई लिएर ट्विटरमा प्रतिक्रिया दिएकी थिइन् । उनले लेखेकी छिन्– ड्रोन हमलामा अवैध रुमा मारिएकाहरुको सुची धेरै लामो छ । तर एक पटक इतिहासले देखाइसकेको छ, आत्मसन्तुष्टीले काम गदैन् । चीन होस् या इरान, अमेरिकाको अलग्याउने निति पाकिस्तानको सामरिक हितसँग मेल खाँदैन ।
एजेन्सी