कृष्ण लामिछाने टिमको निस्कर्ष ; जीत सुनिश्चित भइसक्यो, अबको अभियान मत बढाउनमा केन्द्रित गरौ

प्रकाशित मिति:

गैर आवासीय नेपाली संघ एनआरएनए  अमेरिकाको आसन्न निर्वाचनमा कृष्ण लामिछाने टिमले आफूहरुको जीत सुनिश्चित भइसेकेको निस्कर्ष निकालेको छ । यसअघिको अभियान जीत सुनिश्चित गर्न प्रयाप्त भइसकेको निस्कर्ष निकाल्दै अबको अभियान मत थप बढाउने अभियानमा केन्द्रित गरिने भएको छ ।

लामिछाने टिमको पूर्व निर्धारित अनुमानअनुसार एनसिसी अमेरिकामा जीत सुनिश्चित हुने देखिएपछि सो टिमका उम्मेदवारहरुले यतिबेला नेपालमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ र त्यसबाट प्रभावीत नेपालीहरुको सहयोगमा आफ्नो सम्पर्ण ध्यान केन्द्रित गराएका छन् ।

साथै पूर्व निर्धारित कार्यक्रम अनुसार आजबाट विभिन्न तीन शहरमा शक्ती पदर्शन गर्न भेला तथा कार्यक्रमहरु आयोजना हुुँदैछ । लामिछाने समुहले आज, भोली र पर्सी अमेरिकाका शिकागो, आईवा र केन्टकीमा कार्यक्रम गर्दैछ । शुक्रवार सो टिमले शिकागो शहरमा आफ्नो प्रचार कार्यक्रम गर्दैछ । शनिवार लामिछाने समुह आईवा राज्य पुग्नेछ । आइतबार लामिछाने समुहले आफ्नो सामुदायिक भेटघाट कार्यक्रम गर्देछ ।