आसन्न अमेरिका को एन आर एन ए निर्वाचन र सकारात्मक संकेत।

प्रकाशित मिति:

प्रदिप पोैडेल – आगामी मे को अन्तिम साता हुन गईरहेको ,नयां कार्यकाल २१-२२ का लागि गैर अावासिय नेपाली हरुको साझा संस्था एन आर एन ए अमेरिका को निर्वाचन ले अमेरिकि नेपालि हरु विच उत्साह र वहस तातो वनाएको छ। चाहे अनलाइन मिडिया होस् वा सामाजिक संजाल वा भिन्न भिन्न कार्यक्रम हरुका विच ४०० भन्दा वढि आकांक्षि हरु भिन्न भिन्न पद हरुमा आफ्नो दावि पेश गरि सक्नु भएको छ। ५ अध्यक्ष का आकांक्षि सहित आफ्ना एजेन्डा र साना ठुला सहयोगि साथि हरुका विच भिन्न भिन्न शहर हरुमा आफ्नो एजेन्डा र योजना सहित मैदान मा उत्रनुभएको छ।

प्रजातान्त्रिक ब्यबस्था मा एकै विचार र नेतृत्व लाई सबैले स्विकार गर्न सहज वनाउने माध्यम भनेकै निर्वाचन हो। निर्वाचन मा जुन नेतृत्वमा धेरै जना ले स्वकृति दिन्छन् ,उसैलाई सबैले स्विकार गर्नु धर्मपनि हो। नेपाली समाज पनि यश प्रकृया वाट बिस्तारै अभ्यस्त हुँदै गएको देखिन्छ । हुन त लामो प्रजातान्त्रिक अभ्यास भएको अमेरिका र भारत जस्ता देश हरुमा पनि समय सापेक्ष केही कमि कमजोरि र नयां अभ्यास हरु अवलम्बन गरिरहेको हामी देख्दछोै भने गैर नाफामुलक नेपाली हरुको साझा संस्था ,तेसमाथि पनि संसार कै सबैभन्दा धेरै सदस्य रहेको यश संस्था मा आबद्ध र एक दशक पनि ननाघेको संस्था मा कमिकमजोरि नरहनु कल्पना भन्दा बाहिर को कुरा हो। नोवेल पुरस्कार जस्तो शताब्दी लामो ईतिहास वोकेको गैरनाफामुलक संस्था ले पनि वेला बखत विधा थपघट र दिइएको पुरस्कार फिर्ता सम्म का कदम हरु उठाउने गरेको पाईन्छ भने हामिले पनि पाठ सिक्दै अगाडि वढ्नुको विकल्प छैन।

आसन्न २ वर्ष को कार्यकाल का लागि हुने निर्वाचन ले नेपाली हरुको स्वभाव र नेतृत्व प्रकृया मा परिस्कृत अभ्यास को आभास देखाएको छ र संभावना पनि। यश पटक को निर्वाचन मा महिला भोटर अनुमानित २८% प्रतिशत रहेका छन् र महिला को उत्साहजनक उमेदवारि परिवर्तन को लक्षण हो ,यसैमा विगत भन्दा धेरै युवा हरुमा वढेको चासो र उमेदवारि लाई सकारात्मक रुपमा लिनु पर्दछ। यसपटक को निर्वाचन मा विगत जस्तो कुनै विचार समूह वा नेपाल मा रहेको पार्टी गत वैचारिक समूह जस्तै देखिने गरि समूह को निर्माण नहुने प्राय निश्चित छ जुन नेपाली विच विभाजन को अर्को कारक तत्व मानिएको थियो। हुनत कानुनत कुनै विचार समूह वा धार्मिक समूह का नाम मा समूह वनाउन नपाईने विधानमा स्पस्ट लेखिएको भएता पनि ,व्यवहारमा कुनै न कुनै समूह स्पस्ट देखिदै अाएको विगत को परंपरा यसपटक दृश्य प्राय छैन। यश पटक विगत मा जस्तो उमेदवार लाई गालि वा ब्यक्तिगत टीका टिप्पणी गर्ने परंपरागत शैली पनि परिवर्तन भएको छ, केहि सालोैं साल नकारात्मक टिप्पणी गर्ने सामाजिक संजाल प्रयोग कर्ता वाहेक उमेदवार हरु ले ब्यक्तिगत टीका टिप्पणी गरेका छैनन् , अमेरिका मा बसोवास गर्ने धेरै नेपाली सचेत नै छन् र विगत मा ब्यक्तिगत टिप्पणी गर्ने हरुका विरुद्ध मा जनमत तयार भएका ले गर्दा सो अाफुलाई प्रत्युत्पादक हुने निश्चित प्राय रहेकाले सबै ले सो वाट वच्न कोसिस गरेको देखिन्छ तर ब्यक्तिगत टीका टिप्पणी गर्ने वानि परेका अोैंला मा गन्न सकिने केही सामाजिक संजाल प्रयोग कर्ता सबैले चिनिसकेका ले तेसको खास महत्त्व नहुने देखिन्छ ।यसपटक का नेतृत्व आकांक्षि हरु मा एजेन्डा मा पनि समानता देखिन अाएको ले ,आकांक्षि को क्षमता, उसले दिन सक्ने समय , अनुभव , कार्यशैली र ब्यक्तिगत अाचरण र ब्यवहार लाई मतदाता ले मुल्यांकन गर्ने आंकलन गरिएको छ, विगत मा नेतृत्वमा पकड र यो पद पछि मेरो पालो वा म नै हुनुपर्छ भन्ने हुकुमि भासा लाई मतदाता ले मुल्यांकन गर्ने देखिन्छ ,,३ लाख वढि अनुमानित वसोवास रहेको भन्ने समाजमा भिन्न क्षमता र नेतृत्व अब्वलता हुनु नोैलो होईन, कोहि फ्रन्ट मा अाउन चाहाने कोहि नचाहाने स्वभाविक हो तर न्यून मतदाता भएपनि सबै को राय सामाजिक संजालमा देख्दा परंपरागत नेतृत्व मा भन्दा करिस्मेटिक नेतृत्वमा विस्वास गर्ने गरेको यदाकदा देखिन अाउछ।

५० राज्य र विशाल भुगोल अोघटेको अमेरिका मा चुनाव गर्नु एक खर्चिलो प्रकृया पनि हो हरेक उमेदवार हरेक राज्य मा पुग्न १ दिन १ राज्य राखेपनि ५० दिन र यात्रा र खानपान असंभव प्राय हो, उमेदवार आकांक्षि मात्रै हैन मतदाता ले नै यसमा वन्देज लगाउनुपर्ने देखिन्छ । कुनै लोकप्रिय उमेदवार संग जोडिन जान चाहाने लर्को र उपस्थिति ले स्थानिय स्तर मा ब्यबस्थापन गर्न कठिन भएको भन्ने पनि सुनिन्छ । हुन त अभियान मा जोडिन अाउने हरु सबैले आफ्नो हवाई टिकट र होटल को खर्च अाफै नै ब्यहोर्दै अाएको भएपनि ठूलो संख्या मा उपस्थित जमात लाई कार्यक्रम स्थल र एअरपोर्ट रिसिभ गर्न पनि कतिपय अबस्थामा हम्मेहम्मे परेको गुनासो आउने गरेको छ, सानो समूह का लागि तुलनात्मक यो जटिलता कम हुन्छ। कतिपय उमेदवार ले अाफु अभियान को क्रममा रहदां सो भेग मा रहेका रास्टिय अाकांक्षि लाई पक्ष विपक्ष जे भएपनि निमन्त्रणा दिने र अाफ्ना कुरा राख्न समय उपलब्ध गराउने गरेका छन् तर कुनै शंकिर्ण सोच र सानो झुन्ड मा र अाफ्नै वाहवाहि मा रमाउने हरुपनि रहनाले भिन्न भिन्न समूह हरुको उपस्थिति सानो वा ठूलो देखिदै अाएको छ।
विगत का सानो तिनो गल्ती र कमजोरि वाट नै सुधार र परिवर्तन हुनेकुरा मा दुईमत छैन, सक्षम मानिस र विज्ञ धेरै होलान् ,तर नेतृत्व अाकांक्षि वाट नै खोज्ने हो! राम्रा सबै होलान् त्यो मध्ये वाटै तुलनात्मक राम्रो खोज्ने हो,, हामी सबैका ईतिहास ,परिश्रम,कथा मा कहिं न कहि समानता छन् एकै स्थान मा उभिदा पनि सुर्यको गति अनुसार छांया को उचाई र स्वरुप फरक देखिन्छ , तेसैले यो एनआरएन ले सबैलाई एक सुत्रमा वाध्न सकोस्, निर्वाचन फेरि पनि अाउछ , सबैको सक्रियता र विज्ञता यश संस्था लाई निरंतर चाहिन्छ ,विजेता मा उमंग र उपविजेता मा नैरास्यता हुन जरुरि छैन,एक आपसमा हिलो छ्याप्ने लाई सबैले चिन्ने हुनाले सकभर वचेर निरंतर क्रियासिलता र सबैमा विजय को शुभकामना टक्राउन चाहान्छु। यात्रा जारि छ। जय नेपाल। जय एनआरएन
प्रदिप पोैडेल

उमेदवार वोर्ड अफ डाईरेक्टर २१-२३ अमेरिका