“लौन हो मलाई पनि नेता बन्न मन लाग्यो”

प्रकाशित मिति:

डा : लक्ष्मी पाठक

1) सबैलाइ हात जोड्ने, कहिले हुदैन सक्दिन नभन्ने, जे बिन्ती चढाएपनी भैहाल्छ नि भन्ने !
एक दुई पल्ट फोन घुमाए जस्तो गरिदिने,
काम होस नहोस् अगाडिहुदासम्म ढुक्क बनाइदिने !
लौन हो मलाई पनि नेता बन्न मन लाग्यो।

2) बिहे भतेर भिड्भाड नगर्न उर्दी जारी गर्ने, आफै भिड जम्मा गरि उद्घाटन आमसभा गर्ने !
आफ्नो बाहेक अरु पार्टीको बिरोध मात्र जनाउने,
चिच्याइ चिच्याइ घोक्रो सुकाइ भाषण गर्दै हिड्ने !
लौन हो मलाई पनि नेता बन्न मन लाग्यो ।

3) ठ्याक्क समयमा ट्याक्क पुग्ने, दुई चार फोटा खिचाइ पनि हाल्ने !
फेसबुकमा पोष्टाइदिने, रिजल्ट पोट्याटो भएपनी काम मरेरै गरेको देखाउने !
लौन हो मलाई पनि नेता बन्न मन लाग्यो ।

4) माहामारी भए अस्पतालमा बिरामी भेट्दै हिड्ने, बाढि पहिरो आए राहत बाड्दै पनि हिड्ने !
अघिपछि दुइ हात जोडेर मुसुक्क मुस्काइदिने, अनि अर्को पालीलाई भोट सुनिस्चित गरि पनि हाल्ने !
लौन हो मलाई पनि नेता बन्न मन लाग्यो ।

5) अस्पतालमा बेड छैन भने बढाइदिन्छु भनिदिने, अक्सिजन छैन भने भन्नुस न कति सिलिन्डर चाहियो भनि ठिक्क पनि पार्ने !
घरदैलोमै आइसोलेसन र एम्बुलेन्स पुराइदिने,
जे जस्तो भए नि मुस्काएरै काम गर्ने !
लौन हो मलाई पनि नेता बन्न मन लाग्यो ।

6) नहुने कुरा भैहाल्छ नि भन्ने बानी मेरो छैन, नचाहिदो आस्वाशन कत्तिपनि दिने बानी मेरो छैन !
कुन पार्टीमा छिरु, कसरी टिकट मिलाउ,
एस्ले गर्छ कि भन्ने भान पक्कै पारुला, येसो गरे म नेता कसो नबनुला !
लौन हो मलाई पनि नेता बन्न मन लाग्यो ।
……… कसो गरु के गरु बरै, लौन हो मलाई पनि तपाई जस्तै नेता बन्न मन लाग्यो ।

#पिलिज कुनै नेता नरिसाइदिनु होला ! जस्ट टेक इट इजि 😊☺️, फेरि हार्ट अट्याक होला 😛😜😝😂🤣
मै नि नेता, उ नि नेता, यहा सबै नेतै नेता !
डा लक्ष्मी पाठक