बुटवलमा थप २ संक्रमितको मृत्यु

प्रकाशित मिति:

बुटवल स्थित कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । गौतमले वैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका दुवैजनामध्ये ४८ वर्षीय पुरुषको गएराति ११ बजे र ३० वर्षीया महिलाको शनिवार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।बताए । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो ।