एन आर एन को सामाजिक दाहित्वको पुनर्संरचना आवश्यकता र प्रस्तावित अवधारणा

प्रकाशित मिति:

प्रदिप पोैडेल  संसारभर रहेका नेपाली लाई जोड्ने कडि का रुपमा रहेको एन आर एन समय संगै वृहत् भएको छ। चाहे ब्यक्तिगत संख्या को आधारमा होस् वा सदस्य देशको आधारमा यसको विकास र विस्तार वृहद भएको छ। कुनैपनि संघ संस्था जिवन्त हुन लक्ष तथा उदेश्य , साधन स्रोत, मात्रै ले पुग्दैन परिचालन गर्ने संयत्र पनि उपयुक्त हुन जरुरि देखिन्छ । हुन त वेला रआवश्यकता अनुरप अन्तरास्ट्रिय र रास्टिय समन्वय परिशद हरुमा वेलावखत परिवर्तन नभएका होईनन् तर पनि रास्टिय रुपमा स्थानिय स्तर मा उठेका अावाज हरु र नेपालमै रहेका नेपाली ले अाजसम्म गैरआवासिय नेपाली प्रति सकारात्मक दृश्टिकोण विरलै भेट्टाउने गरेकोले ब्यक्तिगत अवधारणा कोर्ने जमर्को गरेको छु।

नेपाली माटो प्रति गैरअावासिय नेपाली सदैव समर्पित छन्, चाहे आर्थिक वा सामाजिक रुपान्तरण मा सदैव आफ्नो गक्ष ले भ्याए सम्म सहयोगि रहदै अाएका छन् , अोैंलामा गन्न सकिने वाहेक सवै विदेशमा अाफ्नो श्रम र सीप मा गुजारि रहे पनि परेको वेला सबै नै नेपालमा सहयोग गर्न तत्पर हुन्छन् तर पनि नेपाली को विचमा यो धनिहरुको संस्था भन्ने छाप परेको ले सकारात्मक भन्दा नकारात्मक धारणा बनेको कुरालाई चिर्न जरुरि देखिन्छ । हुन त सामजिक विकास का लागि वा सिर्जित समस्या मा हालसम्म संस्थागत वा ब्यक्तिगत अरवोैं रुपियाँ सहयोग हुँदै आएको छ,, तरपनि आफ्नै संस्थागत संरचना नहुंदा अपेक्षित श्रेय नपाएको अबस्था छ। यसका लागि छुट्टै संरचना वनाउनुपर्ने देखिन्छ ।

भुकम्प देखि कोरोना जस्ता महामारी को विच उचित संरचना नहुनाले अपेक्षित प्रभावकारिता नभएको र सरकारि संरचना मा प्रकृयागत झन्झटिलो कारण ले अपेक्षित बर्ग सम्म समयमा नै राहत नपुगेको वा हिनामिना भएका प्रसस्त उदाहरण हामी संग छ। उदाहरण का लागि कोरोना का विच आैासधि र उपकरण मा गर्नपर्ने खर्च ,, विभिन्न उच्च पदस्त हरुको मिटिङ्ग भत्ताको रुपमा वाडिएको कुरा सामाजिक संजालमा प्रसस्त देखिन्छ , एन आरएन को आर्थिक पाटो एकातिर भएपनि ठूलो संरचना र अविछिन्न संस्था र सामाजिक दाहित्व का लागि हातेमालो संरचना वनाउन पर्ने देखिन्छ ।

सानो देश का स्विस नागरिक को प्रयासमा स्थापना भएको रेडक्रस वा लायन्स जस्तै एन आर एन ले एउटा संरचना वनाउन सकेमा यसले प्रभावकारी भुमिका खेल्न सक्छ भन्ने मलाई लाग्दछ।मानोै नाम For Human राखेर संरचना वनाउने, विश्व भरका गैरअावासिय ले ईच्छुक सहयोग यसैमार्फत गर्ने र यसको सहयोगि समिति हरेक जिल्लामा वनाउने र सक्ने ले परेको समयमा मात्रै नभई अरुवेलापनि फन्ड मा सहयोग राशि जम्मा गर्ने र सो को खर्च पारदर्शी वनाउने ,गैर ज्याला भोलेन्टर लाई काम गर्न दिई निश्चित कार्यविधि तोकिएमा यसले प्रभावकारि भुमिका खेल्न सक्दछ। एन आर एन को अन्तरगत रहि अन्तरास्ट्रिय गैरसरकारी संस्था को हैसियतमा स्थापना गर्न सकेमा र सरकार को केही भुमिका र नेपाल भित्र का हरुले पनि डोनेसन दिन पाउने संरचना वनाउन सकेमा अन्तरास्ट्रिय सहयोगि संस्थाले पनि यसलाई आर्थिक र प्राविधिक सहयोग अवश्य गर्न सक्छ । तेति मात्रै हैन यसको शाखा हरु भिन्न भिन्न देशमा खोल्न सकेमा त्यो देशमा ,नेपाली वा सो देशका नागरिक लाई पनि मानविय सहयोग गर्न सकिन्छ ।

प्रभावकारी काम कै अाधारमा ब्यक्ति ले खोलेको नोवल पुरस्कार लाई सरकार ले स्वामित्व ग्रहण गरेको जस्तै अन्य धेरै उदाहरण हामी संग छ। जन स्तरमा यसका काम र प्रभाव को संचार नहंुदा भुकम्प पछि को अरवोै को वस्ति देखि कोरोना का वेलाको असंख्य योगदान चर्चा मा आउन सकेन वा सहयोग गर्ने विश्वस्त हुन सकेनन् तेसैले एनआरएन मुभमेन्ट सामाजिक उत्तरदायित्व को मुभमेन्ट हो भन्ने वुझाउन पनि एकद्वार नीति अपनाई मातृभूमि मा अपनत्व हुने गरि सामाजिक दाहित्व को स्थायी दायराविस्तार गर्नुपर्ने आजको आवश्यकता देखिन्छ ।
प्रदिप पोैडेल
उमेदवार वोर्ड अफ डाईरेक्टर
एन आर एन अमेरिका २१-२३