अमेरिकी सरकारको कोभिड-१९ वाट प्रभावित रेष्टुरेन्ट एवं खाद्य तथा पेय पदार्थ विक्रेता हरूको उद्दार का लागी कोष।

प्रकाशित मिति:

७ मे २०२१, न्युयोर्क, अमेरिका: आज मे ७ का दिन क्विन्स् टुगेदरका कार्यकारी निर्देशक जोनाथन फार्गोसको सकृयता र संयोजनमा कोभिड-१९ वाट प्रभावित रेष्टुरेन्ट एवं खाद्य तथा पेय पदार्थ विक्रेता हरूको उद्दार एवं उत्थान गर्ने उद्देश्यले अमेरीकन सरकारवाट उपलब्ध हुने सहायता रकम र सोको तोकिएको मापदण्ड अनुसार फर्म भरी वुझाउने विषयमा वृहत जागरण कार्यक्रम पत्रकार सम्मेलन गर्दै सम्पन्न भयो।

न्युयोर्कको ज्याक्सन हाईट्स र आसपासका नेपाली, भारतीय, वंगाली, स्पेनीस, पाकिस्तानी, चाईनिज, अरविक लगायतका विभिन्न समुदायहरूको हितमा सो कार्यक्रम आयोजना गरिएको कुरा निर्देशक जोनाथन वताउनुहुन्छ। वहाँका अनुसार विभिन्न भाषाहरूमा लेखीएका फ्लायर समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न समुदायका साथै गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टर को तर्फवाट कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव छिरींग राप्के लामा र कार्यसमिति सदस्य सुर्य सिंखडाको सहभागिता रहेको कुरा फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी ले वताउनु भयो।

अमेरिकी सरकारले भोजनालय संचालन गर्नलाई दिएको यस कोष राहत मे १,२०२१ देखी मे२१,२०२१ सम्म प्राथमिकताका आधार र सो पछी कोषको मौजुदा रकमरहँदासम्म अनुदान रकम उपलब्ध गराईनेछ।अमेरीकन रेस्क्यु प्लानको (America’s Rescue Plan) तोकिएको मापदण्ड भित्र रही मार्च २१,२०२३ भित्र प्राप्त रकमखर्च गर्ने व्यवसायीका हकमा सो रकम तिर्नुनपर्ने गरी छुट समेत दिईनेछ।यसरी अनुदान प्राप्त गर्न कुनै सल्लाह एवं सुझाव चाहिएमा सोझै गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरमा सम्पर्क गर्नुहुन कार्यवाहक अध्यक्ष सुवर्णलामाको सुझाव छ। कार्यवाहक अध्यक्ष लामाले आजको यस पत्रकार सम्मेलमा आफ्नो मन्तव्य राख्दै क्विन्सटुगेदर र सबै स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्दै भावि योजनाहरुमा अझै प्रगाड भएर ससक्त रुपले समाज सेवामा फाउण्डेशन लाग्ने प्रतिवद्धता जनाउनु भयो।

गिरिजा प्रसाद फाउन्डेशन अमेरिका च्याप्टरले क्विन्स टुगेदरसँग सहकार्य गरी दर्जनौं कार्यक्रम गरीसकेको कुरा महासचिव छिरिंग राप्के लामाले वताउनु भयो भने आजको अंग्रेजी पर्चा लाई नेपालीमा अनुवाद महासचिव राप्के लामाले गर्नु भएको हो।स्मरण रहोस, क्विन्स टुगेदर नामक संस्थाले समुदायका हजारौं व्यक्तिहरूको हितमा कोभिडको असर पश्चात निःशुल्क खाद्यान्न वितरण लगायतका विषयमा अग्रणी भुमीका निर्वाह गर्दै आईरहेको छ। यसैगरी क्विन्स टुगेदर कार्यालय र आरएफएस मा यस कार्यक्रम वारे वृस्तित जानकारीका लागी सिधै सम्पर्क समेत गर्न सकिन्छ।