पेजेन्ट नेपालको आयोजनामा मङ्सिर ७ गते पेजेन्ट फेशन शो हुने

५ मंसिर २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
141 Shares


पेजेन्ट नेपालको आयोजनामा बुटवलमा पहिलो पटक पेजेन्ट फेशन शो बुटवल हुने भएको छ । उक्त फेशन शोमा रुपन्देही तथा आसपासका जिल्लाका ४५ जनाले भाग लिंदै छन् । विवाहित र अविवाहित दुवै समूहलाई जोडिने शोमा ५ जना पुरुष, केही विवाहित महिला र युवतीहरुले सहभागिता जनाउने पेजेन्ट नेपालका ईभेन्ट डाईरेक्टर ममता बस्नेतले जानकारी दिनुभयो । फेशन शो को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ईभेन्ट एसोसिएट्स गोपाल अधिकारीले पछिल्लो समय विकृतिको रुपमा फैलिएको फेशन शोलाई रोक्ने उद्धेश्यले संस्कृति झल्किने खालका पहिरन सहित सहभागिलाई र्याम्पमा उतारिने बताउनुभयो ।
बुटवलमा पहिलो पटक आयोजना हुन गईरहेको उक्त शोमा सहभागि हुनेले निशुल्क सहभागिता जनाउन पाउनेछन् र उनीहरुले विभिन्न विधामा एक हप्ताको निशुल्क तालिम समेत प्राप्त गरेका छन् । फेशन शोमा उत्कृष्ट हुनेलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा सहभागि गराईने ईभेन्ट पब्लिक रिलेशन कोअर्डिनेटर नितु कोइरालाले बताउनुभयो । पेजेन्ट शो बुटवलको ईट्टाभट्टी स्थित एसियन रिसोर्टमा यही मङ्सिर ७ गते दिउंसो १ बजेबाट शुरु हुने जनाईएको छ । फेशन शो हेर्नका लागि दर्शकहरुलाई रु ५०० को टिकट राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया