राजनिति : युबाको मौनता बृद्धको उपाहार

प्रकाशित मिति:

नेपाली राजनितिमा आम जन चासोको कुरा युबा नेतृत्वको खोजिनै हो जब हामी समृद्धि राज्यको कल्पना गर्दछौ ,तब युबा नेतृत्वको आगमनको आशा पनि गर्दछौ आम नेपालीको यूबा सँग एउटा भरोसा छ यूबा भित्र न्यायिक पूर्ण राज्य ब्याबस्था सगँ समृद्धि राज्यको निम्ती सपना र चाहाना ले भरिएको मजबूत अस्त्र पनि हून्छ, लगनशिलता इमान्दारीता पनि हून्छ तर तिनै यूवालाइ राजनितिमा स्थापित गराउन हामी आफै किन कन्जूस पनि गरिरहेका छौ । सामान्यतया युवा को परिचय आ आप परिभेष र संस्कार अनुरुप गरेको पनि छन । नेपाली शब्दकोषको आधारमा १६ देखि ४० बर्ष सम्मका तरुण वा तन्नेरिलाइ जनाउछ , बिश्व बिकास संघ २००७ का अनुसार १२ बर्ष देखि २४ बर्ष सम्मका उमेर समूह का ब्याक्ति लाइ युवा भनिन्छ संयूक्त राष्ट संघको आधार मा भने १५ लेखि २४ बर्षका ब्याक्ति लाइ समाबेस गरेको छ । ९ध्ज्इ० ले भने १५ देखि २९ बर्षका ब्याक्तिलाइ इंगित गरेको छ तर नेपालको यूवा निति २०६६ ले भने १६ देखि ४० बर्ष उमेर का महिला पूरुष र तेस्रो लिङ्ग लाइ पनि यूबा मा समावेश गरेको छ ।
उल्लेखित आधार र परिभाषा मा उभिएर युवा लाइ राजनिति सँग जोड्ने हो भने निर्देशन, सम्मान ,उर्जा,आत्म बल र बौद्धिकता लाइ सहि मार्गमा प्रयोग गर्न सक्ने आटिला बर्ग बाट द्रुत समृद्धि मार्ग नै हो भन्ने कुरा काल्पनिक र भाबनात्मक होइन । हामी आम ले राज्नितिमा युबा नेतृत्वको खोजि गरि रह्यौ अभाव देखि रह्यौ तर हामीले नै युबा लाइ नेतृत्वमा ल्याउन ,आउन र मलजल गर्न कुनै कोशिस गरेनौ । बिभिन्न कठिनता सँग जुद्दै राजनितिमा भित्रियका युबालाइ पनि स्थापित गराउने मुल बिषयमा हामी सालिन रहन र रहाउन सकेनौ । इतिहासको आधारमा वा बर्तमान राज्निति परिवर्तनलाइ निहाल्ले हो भने पनि युुबाको भुमिका अपरिहार्य छ ।

इङ्गल्याण्ड बाट प्रतिपादित भएको औद्योगिक क्रान्ति ,रुषको अक्टुबर क्रान्ति ,इटलीको पूर्नजन्म क्रान्ति नै किन नहोस युबाको सहभागिता बिना कुनै पनि क्रान्ति सफल भएका छौनन, नेपालको इतिहास क्रमको परिबर्तित यात्रामा पनि युबाको भूमिका को बारेमा सामान्य चर्चा गर्दा , नेपाल मा भएका परिवर्तनका प्रत्येक आन्दोलनमा ९०% युबा सहभागि रहेको छ । २००७ सालको प्रजातन्त्र ह्तु २०३६ सालको जनमत संग्रह २०४६ सालको प्रजातान्त्रिक आन्दोलन २०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलन पनि उचाइमा पूृर्याउने सक्ने तागतराख्ने युबा हरुनै हून । तर सबै कुरा युबाको भूमिका , आबश्यकता ,अभिन्नताको बारेमा ज्ञान हूदाहूदैपनि नेपालको राजनितिक ब्याकराउण्डमा मात्र युबालाइ ढालको रुपमा उभ्याउने प्रपोकाण्ड हरु निरन्तर युबा नेतृत्वको उदय देखि नै सुरु भएको हून्छ । म पार्टि बर्ग र शिद्धान्तको कुरा गर्दैछैन, नेपालका अब्बल दर्जामा उभियका पार्टिहरुनै समाबेशिताको नारा लगाउने, युबा नेतृत्वको शब्दले भाषणमा मिठास ल्याउने अन्ततगत्वा जोस र जाँगर ले भरियको राष्ट्रिय राजनितिमा आँधिबेहरि ल्याउन सक्ने युथ लाइ मात्र एक कार्याकर्ताको रुपमा घाँटि च्याँप्ने , सिसमतता प्रदान गर्ने को साथै यूबालाइ गूठको दलदल मा फसाउदै गूलामी गर्न बाध्य गराउने र आफू चाँहि राजनितिक बादशाह बन्न खोज्न निरङ्कश र दमन प्रबिति जुन छ ,त्यो नै नेपाली यूथ राजनितीको ब्ल्याक होल ९दबिअप धजयभि० हो । किन कि युबा सधै युबा रहदैन, प्राय सबै को परिभाषाको आधारमा पनि युबा हुनकोृ निम्ति उमेर हकबन्दिले पूर्णबिराम लगाएको हुन्छ । राजनितिमा निरन्तर समय दिएपनि कार्यकारिणि पद प्राप्तिको निम्ति करिब १५ ÷२०बर्ष खर्चिनु पर्छ ।
राज्य भित्रका बिद्यमान समस्या हरु प्रतक्ष एवं परोक्ष रुपमा यूथ भित्र नै सम्बन्धित नै छन बेरोजगार ,भोकमारी,गूण्डागर्दि अशिक्षा शिक्षामा कमजोर पहुँच तथा अस्थिर राजनितीकै कारण दैनिक १५०० देखि १८०० युबा बिदेशिनु परेको यथार्थ हाम्रो सामू छर्लङ्ग छ , हामी चिन्ता गर्दछौ त्यस बारेमा तर तिन्तन गदैनौ, हामी बुजदछौ तर मनन गदैनौ हामी सँग समस्या छ तर समस्याको समाधान छैन किनकी हामी सँग बर्तमान परिस्थिती सँग अध्याबदिक हुन सक्ने यूथ लिडर छैन । उल्लेखित समस्याको समाधानको बाटो खोज्न सक्ने तागत युबा सँग मात्र हुन्छ । तसर्थ युबालाइ राष्टिय राजनितीमा प्रत्यक्ष रुपमा सहभागि गराउदै राष्टको निति िनर्माणमा पठाउन सकियो भने मात्र राष्टले कोल्टो फेर्न सक्दछ ।, राष्टको प्रतिनिधि गर्नेे पार्टि ले युबाको आबस्यकता त बुजे तर काम कर्तब्य र अधिकार लाइ सिमितता प्रदान गरे आ आफना भातृ भगेनि संघ सस्थाको रुपमा पनि बिकास गरे तर तीन लाइ जिम्मेवार दिने सम्बन्धमा सधै हिटलर,चाउचेस्कु पोलपोट आदि लाइ सम्जिय जस्ले राजनितीको एक पक्षीय र अमानबिय शैलिको प्रयोग बाट बिश्वलाइ धेरै क्षति पूरर्याए ।
तर यो सोचियन कि बिकसित मुलूक मा राजनितिक नेतृत्वको बिकास नबिनतम् र सिर्जनात्मक सोच बाट हूने गर्दछ । राजनिति लाइ एउटा सिर्जनात्मक र बौद्धिकताको एक सबल सिर्जनात्मक मार्ग मानिन्छ ,उमेर भन्दा पनि उ भित्रको अटल अजर ,सहज र तिक्ष्ण बौद्धिकता हेरिन्छ ,सिद्धान्त र पार्टि लाइ गौण मानिन्छ आबश्यकता र दक्षताको आधारमा नेतृत्व लिने र दिलाउने गरिन्छ ,तर यहाँ पाबर पैसो सम्बन्ध, र गुठको आधारमा नेता बनाइन्छ यो राष्ट्र र युथको लागि अर्काे बिडम्बनाको कुरा हो । दु्रत गतिमा बिकास भएका देश हरु सँग तुलना गर्ने हो भने पनि युबा बर्गहले नेतृत्व गरेका देशहरु नै अगाडिको लिष्टमा पर्द छन् , आधुनिक सिङ्गापूरका निर्माता पबिलल सन १९५९मा सत्तासिन हुदा ३६ बर्षका थिए, अमेरिका का राष्ट्रपति बाराक ओबामा ४० बर्षमा अमेरिका का राष्ट्रपति बने ,म्भदष्त ऋबmचगm ४३ बर्षमा बेलायतका प्रधानमन्त्रि भए । क्युवाका नेता फिडेल क्यास्त्रो ३३ बर्षमा राष्ट्रपति बने नेपोलियन बोनापार्ट ३० बर्षकाृ उमेर मा फ्रान्सका सम्राट भएृ युबा नेतृत्व समबन्धि यस्ता इतिहास पढेर सुनेर पनि अनुसरण गर्न बाट चुक्यौ ।

नेपालको बर्तमान अबस्था को सुचकाको बारेमा अध्यायन गर्ने हो भनेपनि कूल जनसंख्याको ३८,८% ओगटेको युवाहरुको राजनितिक प्रतिनिधिको रुपमा विश्लेषण गर्दा बृतचित्रमा सबै भन्दा सानो कोण बनाउने गर्दछ । देशका हरेक वर्ग समेट्न राज्यले बिभिन्न आरक्षण वा कोटा सिर्नना गरे पनि राजनितिमा समाबेशिताकोे लागी कुनै युथको लागि कुनै आरक्षण वा कोटा सिर्जना भएको चाहिँ सुनिदैन यो बडो बिडम्बनाको कुरा हो । यसले नेतृत्वको चाहाना राख्ने यूथले राजनिती भित्र आफूलाइ सुरक्षित महसुस गर्न सकेनन र सक्र्दैनन निक्रोल राजनिति सँग युवा उत्सुकता हराएकोछ ।राजनितिलाइ सेवाको रुपमा लिइ देशको निति निर्माण र कार्यान्वएनको लागि एक खालबको स्थापित नै भएका यूथ सोचँ र कर्ममा बिश्वास राख्ने काँग्रेशका नेता गगन काँग्रेशको गत महादिबेशन मा पराजिजत हुनू, बिश्बप्रकाश शर्मा प्रतिनिधि सभा बाट बाहिरिनू प्रदिप पौडेल र बद्रि पाण्डे गूठमा बिलिप्त हूनु पूर्ब माओबादी नेता लेखनात न्यौपाने पद बिहिन हूनू ठाकुर गैरे जस्ता बौद्धिक नेता एमालेमा अट्न नसक्नू यि सबै तथ्यहरु यूथ बाहेश अभियान बाहेक अरु के हून सक्छ ?
दोस्रोकुरा यहाँ निर हामी सँग पनि एउटा त्रुटि छ, हामिले आशा गरेका युवा लाइ एउटा चरण मा लैजाने स्थापित गराउने जिम्मेबार हामी आम युथहरुको पनि हो ,भन्ने कुरा हामी नै भुलिरहेका छौ एउटा लोकतान्त्रीक राज्यका बासिन्दा भएर पनि हामी राजनितिकबाट भागिरहेका छौ यो बडो दुखत र गैरजिम्मेबारी पन हो , देश लाइ बिकास र समृद्धि बनाउनू छ त्यो पनि हाम्रै पालामा भने हामी यूथ गूठ र सिद्धान्त भन्दा माथि उठेर राजनिति र युबा नेतृत्वको लाइ काम गर्नैपर्छ अमेरिका को संबिधान लागू गर्न पनि अलेक्जेण्डर,हेमिल्टन जेम्स मेडिसन जस्ता ३०।३२ बर्षका अहम भूमिका थियो । युबा भित्र उर्जा हून्छ उर्जाले साहास सिर्जना गर्दछ ,साहासले निति निर्माण र निर्माणाधिन निति लाइ कार्यान्बयन चरण सम्म पूयाउन सहयोग गर्दछ । त्यसैले हामी राजनितिलाइ बुझ्ने चेष्टा किन नगर्ने ? युबापंक्ति लाइ नेतृत्व दिन र दिलाउन कोशिस किन नगर्ने ? राजनितिक एवं कुटनितिक दार्शनिक चाणक्यले भनेका छन “शिक्षित ब्याक्ति राजनितिकमा नआउनूको दण्द यो हून्छ कि अयोग्य र अशिक्षित ब्याक्तिले तपाँई माथि राज गर्दछन ”,नेपालको परिप्रेक्षमा यो साबित भएको छ ।
अर्कौ कुरा नेपालकोे प्रिभेषमा राजनिति र राजनितिक नेतृत्व प्रति आम युवाको दृष्ट्रिकोण जुन छ त्यो बदल्नु छ फेरि युबा नै अग्रसर÷ प्रबेश नभइ यो बदलिदैन। त्यसको लागि सक्षम युबा नेतृत्वको लागि अगाडि आहोस अगाडिको दिनमा अन्य युथलाइ अभिप्रेरित गरोस गर्नु पर्दछ । युबा लाइ सधै भोलि उपसर्ग लगाइन्छ , भोलिका राष्ट्रका कर्णदार ,भोलिका राष्ट्रिय नेता ,भोलिका देशका गहना आदि युबा किन आजका हुन सक्दैनन ? यदा कदा नेतृत्वमा आएका युबाले युथ भोलिका हैनन,आजैका देशका हिस्सेदार हून भन्ने प्रमाणित पनि गरेकै छन । तर यहाँ त्यसको मूल्याङ्कन छैन किन कि त्यो ओदा मा युथ लिडर छैनन ।

हामी चाहान्छोै यो देशको नेतृत्व पनि युथले गरोस, स्वाभिमान बन्न सिकाओस ,देशले समृद्धिको दु्रत मार्ग खोजोस यसैको लागि हामी क्रान्ति गर्दछौ,संर्घष गर्दछौ, अनसन गर्दछौ, तर बिडम्मना हामी ले राजनितिक मौनता त्याग्न सकेनौ नेपाली युथ सधै डराय ,घिर्णा माने तर्सिय राजनिति फोहर छ यसलाइ छूनू हुनन भने यो नै बयबृद्ध र अयोग्य हरुको लागि राजनितिक उपहार भयो यो भयबित संस्कार को परिबर्तन गर्ने कि नगर्ने ??? के राष्ट्र बनाउने महा अभियान बाट युथ भाग्ने हो ?
राजनिती आकस्यकता हो यस लाइ दूषित पनि तपाँइ हाम्रो मौनता ले भएको हो त्यसैले यस को शुद्धताको निम्ति आम नेपाली युथ हरु राजनितिक सँगको दुस्मनता , सम्बन्धबिच्छेत पन र मौनता त्यागेर हरेक तह बाट नेतृत्वको निम्ति प्रतिस्प्रदी हूनू आजको आबस्यकता हो र्। धन्यबाद जय नेपाल
लेखक नेपाली काँग्रेस का युबा नेता हुन
प्रकाश चन्द्र भट्टराई