भोलिबाट शुरु हुने तिलोत्तमा मेलाको तयारी पुरा ,, मुख्यमन्त्रि पोख्रेलले उद्घाटन गर्ने

प्रकाशित मिति:

भोलीदेखि मणिग्राममा सुरु हुने तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।तिलोत्तमा उद्योग व्यपार संगठनको मुख्य आयोजना र नेपाल राष्टिय उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना एवं तिलोत्तमा व्यापार संघ , तिलोत्तमा एद्योग वाणिज्य संघ र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा सुरु हुने मेला तथा महोत्सवको स्टल निर्माण, स्वागतद्धार निर्माण, मञ्च निर्माण तथा सजावटका सबै काम सम्पन्न भएका छन ।मेला तथा महोत्सवको पुर्वसन्ध्यामा आज बिहान मेलास्थल मणिग्राममा पत्रकार सम्मेलन गरी तयारीका सबै काम पुरा भएको जानकारी दिइइएको हो ।त्यसअवसरमा मेला तथा महोत्सवका संयोजक उद्योग व्यापार संगठन तिलोत्तमाका अध्यक्ष सत्यब्रत ज्ञवालीले साढे ३ सय स्टल सहभागिता रहने मेलाको सबै तयारी पुरा भएको जानकारी गराउनु भयो । उहाले भोली बिहान प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले मेलाको उदघाटन गर्ने पनि बताउनु भयो ।
मंसिर १८ गतेसम्म चल्ने मेलाका अवसरमा बिभिन्न प्रतियोगिता र अन्तरक्रियाका कार्यक्रमहरु राखिएको संगठनका रुपन्देही जिल्ला अध्यक्ष नारायण भण्डारीले बताउनु भयो ।संगठनका महासचिव अनिल ज्ञवालीको सञ्चालन र तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेलको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो ।