श्रीमानको सम्पती लिएर अर्कैसँग भाग्ने श्रीमतीको सम्पत्ति खोसिने

६ मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
63 Shares


मङ्सिर ६ काठमाडौं । भदौ १ गतेबाट लागू भएको मुलुक ऐन समय सापेक्ष भए पनि कार्यान्वयनप्रति सरोकारवाला र अधिवक्ताहरूले आशंका जनाएका छन् ।

२०७४ सालको संविधान पनि राम्रो रहेपनि कार्यान्वयनमा कठिनाइ हुँदा असफल भएको थियो । २०४७ सालको संविधानमा विश्वमा रहेका राम्रा प्रावधानहरू राखिएका थिए ।

अहिलेको मुलुकी ऐन पनि कार्यान्वयन राम्रोसँग हुन सकेन भने असफल हुने सम्भावना रहेको उनले बताए । कार्यान्वयन गर्दै जाँदा समस्या भयो भने संशोधन गर्न पनि सकिने उनको भनाइ छ ।

मुलुकी ऐनमा खुला कारागारको व्यवस्था राम्रो भए पनि नेपालको सन्दर्भमा उचित छ कि छैन अध्ययन गर्नुपर्ने देखिएको अधिवक्ता थपलियाले बताए ।

‘तीन वर्षभन्दा कम कैद सजाय पाएकालाई खुला कारागारमा राख्ने भनिएको छ’, उनले भने, ‘हाम्रो देशमा त्यो कति व्यवहारिक छ ? खुला कारागार दिनभरि काममा जाने साँझ सजाय भोग्नुपर्ने व्यवस्था अहिलेको मुलुकी ऐनले गरेको छ ।

यसअघिको मुलुकी ऐनले सम्बन्ध विच्छेदले पुरुषलाई धेरै पीडित बनाएको स्मरण गर्दै अधिवक्ता थपलियाले भने, ‘सम्बन्ध विच्छेद अब महिला र पुरुष दुबैले बराबरी रुपमा गर्न पाउँछन् । पहिला महिलाका लागि भन्दा पनि पुरुषलाई सम्बन्ध विच्छेद गर्न समस्या थियो ।’ यस पटक मुलुकी ऐनले पत्नीका कारण सम्बन्ध विच्छेद भएको रहेछ भने सम्पत्ति दिनुपर्दैन ।

पत्नीबाट आजित भएको पतिले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएमा फैसलाका क्रममा पत्नी दोषी देखिएमा पत्नीलाई सम्पत्ति दिनुपर्ने छैन । पत्नी अर्को पुरुषसँग बिहे गरेर गएमा अचल सम्पत्ति पुरानै पतिकोमा रहने व्यवस्था मुलुकी ऐनले गरेको छ । चलसम्पत्ति भनेर महिलाले लैजाने व्यवस्था गरिदिएको छ ।

मुलुकी ऐनले पारिवारिक बलात्कारलाई कडा बनाएर समस्या उत्पन्न गरेको अधिवक्ता थपलियाले बताए । ‘पत्नीलाई मन लागेन भने पतिविरुद्ध बलात्कारको मुद्दा जति बेला पनि लगाउन सक्ने खतरा छ’, उनले भने, ‘यो प्रावधानले पारिवारिक बिग्रह बढ्ने समस्या हुनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया