उपमेयरकै घर असुरक्षित, चोरले पैसा र सुनसहितको सेफ लग्यो

६ मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
98 Shares


बुटवल , ६ मंसिर – भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यबिनायक नगरपालिका सिपाडोलमा रहेको घरमा मंगलबार दिउसो चोरी भएको छ । उनको घरमा बिहान १० देखि बेलुका ५ बजेकाबीचमा चोरी भएको हो ।

प्रहरीका अनुसार उनको दुईतले घरको भुईतलामा रहेको सेफ चोरी भएको छ । चोरले सेफमा रहेको नगद सहित सुन र चाँदीका गहना लगायतका सामाग्री चोरी लगेको हो ।

प्रहरीका अनुसार उपमेयर जोशीले मंगलबार साँझ सातबजे खबर गरेकी थिइन । घटनास्थलमा घरको पछाडीको ढोका फोडेर चोर प्रवेश गरेको देखिएको छ ।

उपमेयर जोशीले दाबी गरे अनुसार सुनका चुरा ६ थान, सुनको नेकलेस २ थान, सुनकै माला र हिराका गहना चोरी भएको हो । चोरले उपमेयर जोशीको घरबाट सुन मिसिएको चम्चा र १ लाख ५० हजार नगद समेत चोरी गरेको छ । प्रहरीका अनुसार उपमेयर जोशीको घरबाट १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमान चोरी भएको जाहेरी परेको छ ।

भक्तपुर प्रहरी र अपराध महाशाखाको टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?