कांग्रेसले भैरहवामा पार्टीको राजनीतिक प्रतिबेदनमा सुझाव लिने, सभापति देउवाले उदघाटन गर्ने

प्रकाशित मिति:

मङ्सिर ६ बुटवल । नेपाली काग्रेसले मंसिर अन्तिम साता काठमाण्डौमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव तयार गर्न काग्रेसले सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन आज सकिदै छ । आज अन्तिम दिन प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन भैरहवामा हुदै छ ।

काग्रेसको जिल्ला पार्टी कार्यालय परिसरमा अहिले बिहानदेखि नै सुझाव संकलन चल्ने छ । आजको सुझाव संकलनमा यस प्रदेशका पार्टी केन्द्रिय सदस्यहरु, आमन्त्रीत केन्द्रिय सदस्यहर, पार्टी जिल्ला सभापतिहरु,प्रतिनिधि सभाका सदस्यहरु, राष्टिय सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, महासमिति सदस्यहरु,क्षेत्रीय सभापतिहरु,भातृ संघ एवं शुभेच्छुक सस्थाका प्रदेशस्तरीय सभापति वा अध्यक्षहरु, निर्वाचित नगर प्रमुखहरु, उपप्रमुखहरु तथा गाउपालिकाका अध्यक्ष उपााध्यक्षहरु सहभागि हुदै छन ।

अन्यत्र जस्तै केन्द्रले प्रदेश ५ मा पनि संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई संयोजक तोकेको छ । त्यस्तै केन्द्रिय सदस्य भिष्मराज आगंदाबे पनि उृहासंगै खटिनु भएको छ ।केन्द्रिय समितिले प्रतिनिधिका रुपमा डा गोबिन्द पोखरेल, छन्द बहादुर पछाई र गेजा शर्मा वाग्लेलाई प्रदेश ५ मा पठाएको छ । एक दिने सुझाव तथा राय संकलन कार्यक्रममा प्रमुख अतिथि पार्टी सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवा रहनु भएको छ । देउवा अहिले केहीबेरमा काठमाण्डौबाट बुद्ध एयरको पहिलो उडानमा भैरहवा आउदै हुनुहुन्छ ।

सुझाव संकलनमा करिव साढे ३ सय नेताको सहभागिता रहने काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।