जब गृहमन्त्री झाडु बाेकेर सडकमा निस्किए…(फोटोफिचर)

प्रकाशित मिति:

काठमाडौं ६ मंसिर – देशको शान्ति सुरक्षाको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादल बिहीबार बिहानै हातमा कुचो लिएर सडकमा निस्किए । फूलमाला लगाएर सडकमा निस्किएका उनले एकछिन सडक बढारे र फोहरका टुक्राटुक्री टिपे ।
हातमा पन्जा र मुखका मास्क लगाएर गृहमन्त्री थापाले बिहीबार अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका हुन् ।

सरसफाइ कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको हो । कार्यक्रममा कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका राजनीतिक दलका नेताहरु, सर्वसाधारण लगायतको सहभागिता थियो ।

(फोटोफिचर)