मन्त्रीलाई दिएको निर्देशन हेर्दै गगनले भने– प्रधानमन्त्री बरालिनु भयो

६ मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
22 Shares


धनगढी, ६ मंसिर – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएका कारण परिणाम नआएको दाबी गरेका छन् ।

बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको र फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् । ‘अहिले नै म प्रधानमन्त्रीको नियतमा शंका गर्दिन,’ उनले भने, ‘हिजो मन्त्री र सचिवहरुको बैठक हेरेँ, मलाई रिजल्ट देउ भनिराख्नु भएको छ र, रिजल्ट कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन ।’

‘प्रधानमन्त्री राम्रो गर्न चाहनुहुन्छ, बाटो चाँडो बनाउन चाहनुहुन्छ, विद्युत उत्पादन गर्न चाहनुहुन्छ । चाहना ठीक छ तर, के गर्‍यो भने त्यो पुरा हुन्छ भन्ने बुझ्नु भएन’ थापाले भने ।

उनले पार्टी सभापतिको पनि आलोचना गरे । प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गरेको तर, आजश्यकताअनुसार दबाव सिजर्ना गर्न नसकेको उनले बताए ।

सभापतिमात्र होइन, दलका दोस्रो तेस्रो तहका नेताहरुले पनि संसदमा उभिएर सरकारलाई प्रश्न गरेको आफूले नपाएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘नेताले के भनिरहेको छ, के गरिरहेको छ, त्यसआधारमा दृष्टिकोण बन्छ । त्यसरी हेर्दा प्रतिपक्षी दलका रुपमा सशक्त भूमिका खेल्न सकेको छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण