किन दिए तिलोत्तमा नगरपालिकाका वडा नम्वर ७ का वडा अध्यक्षले राजिनामा ?

प्रकाशित मिति:

मङ्सिर ६ बुटवल । तिलोत्तमा नगरपालिकाको वडा नम्वर ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डेले आज पदबाट राजिनामा दिएका छन । पाण्डेले ईमेल र पोष्ट मार्फत आज आफनो पदबाट राजिनामा नगरपालिकामा पेश गरेका छन ।

उनले आफुलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीहरुलाई धन्यवाद दिएका छन । हिजो बसेको नगरपालिकाका कार्यपालिकाको बैठकमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निणर्य गर्दा अस्पतालले माग गरे अनुसार १० बिघा भन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव बैठकमा उनले राखेका थिए तर बैठकमा उनले र अन्य केही कार्यपालिकाको सदस्यले उठाएको कुरा सुनुवाई नभएपछी पाण्डेले निणर्यप्रति असहमति जनाएका थिए ।

राजिनामा र कार्यपालिकाको निणर्यका सम्वन्धमा जानकारी लिन खोज्दा बिहान मोवाइल फोन नउठाएका पाण्डेको मोवाइल दिउसोदेखि स्विच अफ छ । राजिनामा दिएर पुर्व निर्धारित व्यक्तिगत काममा पाण्डे मुम्वई गएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले वडाअध्यक्ष पाण्डेको राजिनामा कार्यालयमा नआएको बताए ।हिजो साझसम्म उहासंग मेरो कुराकानी भएको थियो कुनै त्यस्तो कुरा होइन व्यक्तिगत कामले बाहिर जानु भएको हो सापकोटाले भने ।

कम्युटर क्षेत्रका बीज्ञ र व्यवसायी पाण्डे तत्कालिन नेकपा एमाले हालको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट वडा अध्यक्षमा निर्वाचितभएका थिए । वडाअध्यक्षबाट राजिनामा दिएपछी पाण्डेले नगरपालिकाको कार्यपालिकामा राखेका म्यासेज :-

  • Dear friends, Very good morning I have putted my note of descend on agenda no 1 of 48 board meeting. Today I am moving to Mumbai via Delhi for a couple of days while on the way as convenient I will send my resignation from Wardchairman of 7 by mail or post. Please do accept & co-operate me. Thanks to respected Mayor, Deputy mayor, CEO, house members & staffs of Municipality who directly & indirectly help me out all the way during my tenure. Wish healthy & prosperity of Tillotama . Urs Durga prasad pandey Wardchairman 7 Tillotama Municipality