घरमा बसिरहेकी महिलाको बलात्कार !

प्रकाशित मिति:

वीरगञ्ज, ६ मंसिर – पर्सामा एकजना महिलाको बलात्कार भएको छ । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया महिलालाई छिमेककी एक पुरुषले गत मंगलबार साँझ बलात्कार गरेका हुन् । पीडित महिलाकाअनुसार, गत मंगलबार साँझ गाउँकै ३२ वर्षीय राजकुमार यादवले बलात्कार गरेका हुन् ।

गत मंगलबार साँझ घरमा कोहि नभएको मौका छोपेर घरभित्र छिरेका यादवले आफनो मुख थुनेर जर्बजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन् । घटना पछि पीडित महिलाले घर बाहिर रहेका आफ्ना पतिलाई फोन गरेर घटनाबारे जानकारी गराए पछि घर आएका पतिको सहयोगमा उनले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएकी हुन् ।

उजुरी पछि पीडित महिलाको बुधबार नै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । स्वास्थ्य परीक्षण पछि पीडित महिलालाई घर पठाइएको छ । आरोपित फरार रहेका प्रहरीले खोजी गरिरहेका छ ।