‘मेरा विरुद्ध बोल्न सक्ने हाम्रो पार्टीका नेता ,ओली सरकारविरुद्ध किन बोल्दैनन्?’-देउवा

प्रकाशित मिति:

मङ्सिर ६ बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारको विरोध गर्न किन डराएको भन्दै पार्टीका नेताहरूलाई प्रश्न गरेका छन्।

बिहिबार भैरहवामा आयोजित नेपाली काँग्रेस महासमिति बैठक सन्दर्भमा राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि प्रदेश ५ स्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले आफ्नै पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर लम्केको केपी ओली सरकारको विरोध नगरेको भन्दै रोष प्रकट गरेका थिए।

पार्टीका केही नेताहरू सरकारको गलत कदम विरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको सभापति देउवाले बताए।

मुलुकमा हत्या बलात्कारका जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएपनि सरकारका गलत कदमप्रति कांग्रेका नेता बोल्न सकेका छैनन् उनले प्रश्न गर्दै भने, ‘अहिले मेरा विरुद्ध बोल्न सजिलो छ, तर ओली सरकारविरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन्?’

‘नेकपाका नेता माधव कुमार नेपाल केपी ओली सरकार विरुद्ध बोलिसके। के माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छैन्? नेकपाका खिलाफ बोल्नुस्, किन डराउनुहुन्छ?’ अाक्रोशका शैलीमा उनले भने।

सरकार अधिनायकवादतिर लम्किरहेकोले आफूहरू एक भएर अघि नबढे मुलुक संकटमा पर्ने उनले उल्लेख गरे।

चुनावमा एमाले र एकीकृत माओवादी दुई पार्टी एक भएर लडे तर काँग्रेस एक पार्टी भएपनि आन्तिरक द्वन्द्वका कारण दुई पार्टी भए सरह लडेका कारण पराजित हुनुपरेको बताए।

कार्यक्रममा काँग्रेस नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारले काठमाडौंको खाल्डोसम्म पनि पुग्न नसकेको बताउँदै सरकार असफल भइसकेको बताएका थिए। कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणले संविधानका विरुद्ध काम गरेको बताए।

थप समाचार