उद्योगी व्यवसायीको समस्या समाधानको लागि आवश्यक छलफल गर्न प्रदेश सरकार तयार रहेको प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलको दावी

प्रकाशित मिति:

“राष्ट्रिय स्वाधिनताका साथ राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा व्यापार विविधिकरण” भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा तिलोत्तमा औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७५ बिहीबार देखि सुरु भएको हो । उद्योग व्यापार संगठन रुपन्देही तिलोत्तमा शाखाको मुख्य आयोजना, उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना तथा तिलोत्तमा व्यापार संघ, तिलोत्तमा नगरपालिका र तिलोत्तमा उद्योग वाणिज्य संघको सह–आयोजनामा सञ्चालित महोत्सव मंसिर १८ गते सम्म चल्नेछ ।

महोत्सको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्योगी व्यवसायीको समस्या समाधानको लागि आवश्यक छलफल गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले व्यापार व्यवसाय गर्दा कानुनको पालना गर्ने कुरामा व्यवसायीहरुको ध्यान जानुपर्नेमा जोड दिए । मुख्यमन्त्री पोखरेलले गैरकानुनी काम गर्दा त्यसले आर्थिक अपराध बढाउने र अन्ततः त्यसले व्यवसायीहरुलाई नै असुरक्षित बनाउने बताए । उनले मेला महोत्सवमा खासगरी पिङमा बढी खर्च हुने र आम्दानीको ठुलो हिस्सा त्यस्तै कुरामा खर्च गरिंदा मेला महोत्सवहरु आयआर्जनमा सफल हुन नसकेको बताए ।मुख्यमन्त्री पोखरेलले भने, “कृषि उत्पादनको सन्दर्भमा यति शहरीकरण बढ्दैछ तर शहर छेउछाउका कृषकको उत्पादन गर्ने प्रणाली हदै निर्वाहमुखी र परम्परागत छ ।बेमौसमी तरकारी उत्पादन गरेर निर्यात पनि गर्न सकिन्छ तर त्यसतर्फ ध्यान नपुग्दा तरकारी आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उद्योग व्यापार संगठन रुपन्देही तिलोत्तमा शाखाका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक सत्यव्रत ज्ञवालीले मेलामा ३ लाख दर्शक भित्रयाउने र २५ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको बताए ।उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले स्थायी मण्डप नहुँदा नीजि जग्गामा मेलाको आयोजना गर्नुपर्ने बाध्यता रहेको बताए ।तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले राजनीतिक पार्टी मिलेर समृद्ध देश बनाउने अभियानमा लागे जस्तै तिलोत्तमा नगरपालिकामा भएका संघ–संस्थाहरु प्नि मिलेर मेला महोत्सव संयुक्त रुपमा आयोजना गरी सफल बनाउन लागिएको बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य दधिराम न्यौपाने माधब शर्माले विदेशबाट आयात गरेर विक्री गर्ने कामले राष्ट्र समृद्ध हुन नसक्ने धारणा राखे । प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले तिलोत्तमा नगरपालिका देशकै नमुना र चर्चित नगरपालिका बन्दै गएको बताए ।प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले प्रदेश ५ मिनी नेपालको रुपमा बनाउन सकिने बताए । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले पर्यटन क्षेत्रको विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मेला महोत्सव आयोजकले जिम्मेवारीपूर्वक काम गरिरहेको भन्दै प्रशंसा गरे । नेकपा रुपन्देही कार्यदल सदस्य गोपाल भट्टराईले देशको समृद्धिको लागि मेला महत्सवको आवश्यकता रहेकोमा जोड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले मेला महोत्सवको लागि तिलोत्तमा नगरपालिकाले स्थायी प्रदर्शनी स्थल बनाउने प्रक्रिया सुरु गर्नुपर्ने बताए । मेलाको उद्घाटन पूर्व आयोजित जनचेतना ¥यालीमा सहभागिहरुमध्ये उत्कृष्ट संघ–संस्थाहरुलाई नगद सहित सम्मान गरिएको थियो । ¥यालीमा सहभागिहरुमध्ये स्मृति बोर्डिङ स्कूल तिलोत्तमा–३ प्रथम, नारी जागरण आमा समुह तिलोत्तमा–६ द्धितीय, थारु वागिया युवा संघ रुपन्देही तृतीय र सेन्ट जोसेफ इङलिस स्कूल तिलोत्तमा–७ सान्त्वना भएका मेला सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताए । उनीहरुलाई प्रमुख अतिथि प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्मान गरे ।मेलामा नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहल र गुल्मीको रुरु रिडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ती स्थानको क्ले मोडल सहित सेल्फी जोन, अन्तर्राष्टिय करांते, भलिबल, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शनी, तिलोत्तमा नगरपालिका भित्र रहेका नेपाल सरकारको सूचीकृतमा परेका पर्यटकीय क्षेत्रहरु ९वनवाटिका, वाउन्नकोटी सामुदायिक वन० को अवलोकन, विद्यालयस्तरीय लोक नृत्य, भारतभन्दा नेपालमै सस्तो पाइने वस्तुका मुल्यसुची सहितको बोर्ड लगायत आर्कषणका रुपमा रहेको आयोजकले जनाएका छन् ।साथै महोत्सवमा विश्वको सबैभन्दा ठुलो चरा अष्ट्रिचको अवलोकन, छुट्टै स्थलमा राखिएको थारु संस्कृतिको होमस्टे लगायतले पनि महोत्सवमा दर्शकहरुलाई लोभ्याउने अपेक्षा गरिएको छ । महोत्सवमा प्रदर्शन गरिने विभिन्न पर्यटकीय स्थलहरुले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने आयोजकको लक्ष्य लिएको छ ।मेलाका लागि अस्थायी संरचना निर्माणमा ५० लाख रुपैयां भन्दा बढी खर्च हुने भएकाले नगरपालिकाले स्थायी मेलास्थल निर्माणमा छिटो ध्यान दिनुपर्ने आयोजकको माग छ । मेला अवलोकनका लागि अपांग र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

थप समाचार