रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवन सिलान्यास

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवन सिलान्यास गरिएको छ । वडा नं. ९ को केउलानीमा निर्माण गर्नेगरी टेण्डर भएअनुसार बिहिबार वडा अध्यक्ष नारायण न्यौपानेले उक्त भवनको सिलान्यास गर्नुभएको हो ।वडा कार्यालय सञ्चालनकालागि १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी गत असारमा निर्मल निर्माण सेवा मणिग्राम संग ८७ लाखमा रुपैंयामा निर्माण सम्झौता भएको थियो । उक्त भवनको नक्सा साढे २ तलाको निर्माण भएपनि तत्काल १ तला निर्माण गर्न लागिएको वडा अध्यक्ष नारायण न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार वडा कार्यालय भवनमा बैठक कक्ष तथा ४ कोठा रहनेछन् । वडा कार्यालय रहने उक्त स्थानमा अतिथि गृह र सभाहल पनि निर्माण गरिने छ । अतिथि गृह निर्माणकालागि सिलान्यास समेत भईसकेको छ ।वडा नं. ९ मा करिव साढे सात विगाहा सार्वजनिक जग्गा एकिन भएको र त्यसमध्ये केउलानीमा रहेको डेढ विगाहा सार्वजनिक जग्गामा वडा कार्यालय भवन, अतिथि गृह र सभा हल निर्माण गर्न लागिएको वडा अध्यक्ष न्यौपानेले बताउनु भयो ।