आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको ७ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथि विहान ११.४८ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । कृत्तिका नक्षत्र बेलुका ६.२० बजेसम्म रहनेछ । आज परिघ योग बालव करण रहेको छ । आज सूर्योदय ६.३२ मा भएको छ भने सूर्यास्त बेलुका ५. ७ बजे हुनेछ ।

आज चन्द्रमा वृष राशिमा छन् । आज कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथि हो । पूर्णिमामा चन्द्रमाका सोह्रै कलाको दर्शन हुने गर्दछ । आजबाट कार्तिक स्नान पनि सकिएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५