पञ्चेबाजा गीत बोली मिठोको चर्चा बढ्दै – भिडियो सहित

प्रकाशित मिति:

बुटवल, मंसिर ७ । पञ्चेबाजा गीत बोली मिठोको चर्चा बढ्दै

केही दिन पहिला शिब दर्शन फिल्मस्को प्रस्तुतिमा वि.वि. थापाके पञ्चेबाजा गीत बोली मिठो बजारमा आएको छोटो समयमा नै चर्चा बढ्दै गइरहेको छ ।

चर्चीत गायक गायीकाहरु खुमन अधिकारी र गायत्री थापाको आबाज तथा चर्चित मोडलहरु दुर्गेस थापा र सम्पदा बानियाको अभिनय रहेको गीतले छोटो समयमा नै अत्याधिक मात्रामा आम दर्शक स्रोताको मन जित्न सफल भएको हो ।
पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाएको शिब दर्शन फिल्मस् प्रालीको प्रस्तुतीमा शिब दर्शन फिल्मस्कै आधिकारीक युट्युव मार्फत केही दिन पहिला गीत बजारमा आएको थियो ।

“हे बोली मिठो रुपैकी खानी
तिम्रै बयान सुनिन्छ जहानी
खोलीमा पानीको छल्को
जहाँ गएनी मायाकै छ झल्को”

बोलको गीत वि.वि. थापाको शब्द, महेन्द्र भण्डारीको लय अनि खुमन अधिकारी र गायत्री थापाको आबाजमा सजिएको छ ।
गीतको भिडियो हेर्दा कुनै गीतको भिडियो भन्दा पनि वास्तविक विवाहकै भिडियो हेरे जस्तो भान हुन्छ । गीतमा सबैले निकै मेहनत गरेकोले भिडियो निकै आकर्षक भएको चर्चित गायिक गायत्री थापाको भनाई छ ।

भिडियोमा चर्चित मोडलहरु दुर्गेस थापा र सम्पदा बानियाको अभिनय रहेको छ । नृत्यमा कोरस कलाकारहरुको निकै प्रयोग गराइएकोले गर्दा पनि गीत आकर्षक बनेको छ । शिब दर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा निर्देशन मुनाल शिशिर, सम्पादन अमृत चापागाई र छायाँकन दुर्गा पौडेलको रहेको छ ।

गीतको भिडियो हेर्नुहोस

https://youtu.be/tdPlfeNghY0