गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न कांग्रेस सभापति देउवाकाे निर्देशन

प्रकाशित मिति:

मङ्सिर ७ बुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेसकाे महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव मस्यौदाकाे सन्दर्भमा राय,सुझाव संकलनका लागि भैरहवामा आयोजित ५ नं. प्रदेश स्तरीय भेला उद्घाटन कार्यक्रमा सहभागी हुन आएको बेला विमानस्थलको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सो निर्देशन दिएका हुन् ।

त्यसै क्रममा देउवाले विमानस्थल निर्माण गुणस्तरमा ध्यान दिन पनि निर्देशन दिए । तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले शिलान्यास गर्नुभएको गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले समयमै सम्पन गर्नु सबैको दायित्व हुने पनि देउवाकाे भनाई थियो । सो अबसरमा विमानस्थल निर्माण आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले विमानस्थलको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए ।
विमानस्थलको निरीक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्रीहरू गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, नेपाली कांग्रेसका रुपन्देहि सभापति अब्दुल रज्जाक, नेपाली कांग्रेस प्रदेश नं. ५ संसदीय दलका नेता बलदेब शर्मा पोखरेल लगायत कांग्रेसका नेता कार्यकर्ताहरूकाे पनि सहभागिता रहेको थियो ।