नेपाल तरुण दल बुटवल उपमहानगरले दोस्रो रनिङ्ग वडा स्तरीय फुटसल प्रतियोगिता गर्ने !

प्रकाशित मिति:

मङ्सिर ७ बुटवल । नेपाल तरुण दल बुटवल उपमहानगर समितिले दोस्रो रनिङ्ग वडा स्तरीय फुटसल प्रतियोगिता यहीँ मङ्सिर ९ र १० गते योगिकुटी फुटसल शान्तीचोकमा आयोजना गर्ने भएको छ ।

नेपाल तरुण दलको ६५ औँ स्थापना दिवशको अवसर पारेर उक्त प्रतियोगिता राखिएको तरुण दल बुटवल उपमहानगरका सभापति सुजन पुनले बताए । फुटसल प्रतियोगितामा उपमहानगर भित्र रहेका १९ टिमले सहभागीता जनाउने छन भने आयोजक र पत्रकार बिच पनि फुटसल प्रतियोगिता रहने छ ।

उक्त फुटसल बाट बचेँको रकम मृगौला पीडित मिलन नेपालीलाई सहयोग गर्ने पुनले जानकारी दिए । फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगी टिमले २०,००० र त्रफी पाउने छन त्यसै गरी दोश्रो हुने प्रतियोगी टिमले १०,००० र त्रफी पाउने छन ।  कार्यक्रमको समुदघाटन नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे र समापन नेपाली कांग्रेसका जिल्ला सचिब रामकृष्ण खाडँले गर्ने उपमहानगर समितिले जानकारी दिएको छ ।