कपिलवस्तुमा एक युवाको गोली हानी हत्या

प्रकाशित मिति:

कपिलवस्तु ८ मंसिर / शुक्रबार राती कपिलवस्तुमा एक युवाको गोली हानी हत्या भएको छ । गत प्रदेश सभाको चुनावमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार समेत रहेका ३० वर्षीय दीपेन्द्रबहादुर चौधरी (राजा बाबु) को हत्या भएको हो।

कपिलवस्तु शुद्धोधन गाँउपालिका ४ मोतीभारीस्थित उनकै घर नजिकैको सडकमा राति अज्ञात समूहले गोली प्रहार गरी उनको हत्या भएको प्रहरी जनाएको छ । प्रहरीले नजिकै घर भएका एक व्यक्तिसँग विवाद हुँदा राति झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा स्थित मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोख्रेलले जानकारी दिए।

घटनामा संलग्न रहेको आशंकामा शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।