सडक दुर्घटनामा पाँच जनाको ज्यान गयो

प्रकाशित मिति:

सप्तरी मंसिर ८ / सप्तरीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ।

सुनसरी, बराहक्षेत्रमा मेला हेरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नम्बरको बस हनुमाननगर कंकालिनी नगरपालिका–१० मा सडक छेउमा पल्टिएर उक्त दुर्घटना भएको हो।

दुर्घटनामा तीन दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको उपचारका लागि राजविराज, विराटनगर लगिएको छ।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय खटिएका छन्।