नेकपा पुर्नगठन दिवसमा बिप्लबले पठाए शुभकामना पत्र

प्रकाशित मिति:

८ मंसिर, काठमाडौं /  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको उक्त कार्यक्रममा पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लब भने उपस्थित नहुने भएका छन् । कार्यक्रमलाई संबोधन गर्दे उनले शुभकामना पत्र पठाएका छन् । उनले पत्रमा पार्टीले प्रतिक्रियावादी र प्रतिगामीहरुका बिरुद्ध मात्र हैन संशोधनवाद, नवसंशोधनवाद र छद्म संशोधनबादका बिरुद्ध बिद्रोह गरेर पार्टीको स्थापना भएको स्मरण गर्दै सबैमा शुभकामना व्याक्त गरेका छन् । उनले पत्रमा अहिलेको व्यवस्थालाई दलाल संसदीय व्यवस्था भएको भन्दै यसबाट देश र जनतालाई फाइदा नहुने बताएका छन् । उनले यसबाट उल्टै राष्ट्रियता, जनजीविका र जनतन्त्र दिन दिनै कष्टकर बन्दै गएको भन्दै यसको जगमा बनेका सम्पुर्ण संबिधान र संबिधानले निर्देशन गरेका सम्पुर्ण चुनाव खारेज र बहिष्कार गरेको उल्लेख गरेका छन् । महिला हिंसा, हत्या, बलात्कार, महंगी, भष्टाचार, कालोबजारी, ले नयाँ इतिहास रचेको भन्दै बिप्लबले जनता र राष्ट्रले बैकल्पिक राज्य प्रणालीको माग गरिरहेको भन्दै त्यस मार्गमा सबैलाई एकजुट हुन आग्रह गर्दछु भनेका छन् ।


विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्डलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रण गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो । माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए ।
जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकाल्ने तयारी छ । लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कने र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । बबरमहलको र्‍यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राई, लैनचौरको र्‍यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीको र्‍यालीलाई गम्भीरलगायतका नेताले नेतृत्व गर्ने जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले जानकारी दिए ।
जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।