बादलको तुलना खिमलाल देवकोटासँग हुनै सक्तैन : शंकर पोखरेल

प्रकाशित मिति:

बिपिन नेपाल,बुटवल-नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले डा। खिमलाल देवकोटाको तुलना गृहमन्त्री बादलसँग हुन नसक्ने दावी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले देवकोटासँग वादलको तुलना हुन नसक्ने कुराको मनन गर्न आग्रह गरेका छन् ।उनले नेता माधवकुमार नेपालको तुलना बादलसँग हुन नसके जस्तै बादलसँग देवकोटाको तुलना हुन नसक्ने बताएका हुन् ।“जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्तैन । मनन गरौं,” उनले भनेका छन् ।

जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा विपक्षी गठबन्धन र एमालेका नेता माधवकुमार नेपाल समूहले देवकोटालाई साझा उमेदवारको रुपमा खडा गरेको छ । एमालेले बादललाई उमेदवार बनाएको छ । उनले माधव समूहप्रति कटाक्ष गर्दै नेताहरुको तुलना हुन नसक्ने बताएका हुन् ।