एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

प्रकाशित मिति:

सबलपोस्ट/ मङ्सिर ८ बुटवल ।  एनआईसी एशिया बैंक लिमिटेडले बुटवल अपमहानगरपालिका वडा नं ११,मा नया शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन एनआईसी एशिया बैंक प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गरे । बैंकका हालसम्म शाखा कार्यालय २ सय ६६ वटा पुगेका छन् भने एटिएमको संख्या २ सय ७४ पुगेका छन् ।

यसैगरी ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २ सय १० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६८ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।