नेकपाको जनसभामा ‘विप्लव’को शुभकामना

प्रकाशित मिति:

मंसिर ८, २०७५ काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार जनसभाको आयोजना गरेको छ । पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा र्‍याली र जनसभाको आयोजना गरिएको हो ।

जनसभालाई पार्टी महासचिव विप्लवले शुभकामना दिने भएका छन् । प्रदर्शनीमार्गमा जनसभा शुरु भएपछि महासचिव विप्लवको शुभकामना वाचन गरेर सुनाइने नेकपा केन्द्रीय समितिले जनाएको छ । जनसभाको सम्पूर्ण तयारी पूरा भएको जनसभा प्रचारप्रसार उपसमितिले जानकारी दिएको छ ।