काँग्रेस नेता बलायरले डडेल्धुरा बस द्रुघटनाका घाइतेको उपचार खर्च व्यहोर्ने

प्रकाशित मिति:

मंसिर ८, काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्वमन्त्री बिरबहादुर बलायरले डडेल्धुरा दुर्घटनाका घाइतेहरुको उपचार गर्ने प्रतिवद्धता जनाएका छन् । नेता बलायरले दुर्घटनामा परी काठमाडौं वीर अस्पतालमा उपचार गराइ रहेका घाइतेहरुलाई भेटी सम्पूर्ण उपचार खर्च आफूले ब्यक्तिगत रुपमा ब्यहार्ने बताएका हुन्। यस्तै उनले घाइतेका आफन्तलाइ आर्थिक सहयोग समेत गरेकाछन् । बस दुर्घटनामा परी घाइते भएकाहरुको वीर अस्पतालमा आइसियुमा राखेर उपचार भैरहेको छ। नेता बलायरले बस दुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।