जीवनमा त्याग्नु नहुने कुरा के के हुन् ? हेर्नुहोस्

प्रकाशित मिति:

षडेव तु गुणाः पुंसा न हातव्याः कदाचन ।
सत्यं दानमनालस्यमनसूया क्षमा धृतिः ।। – विदु नीति

मान्छेले सत्य, दान, कर्मण्यता, अनसूया ९गुणमा दोष देखाउने प्रवृत्ति को अभाव०, क्षमा तथा धैर्य यी छ कुरा कहिल्यै त्याग्नु हुँदैन । महात्मा विदुरले मानव जीवनमा त्याग्नु नहुने छ कुरा बताएका छन् । पहिलो हो सत्य । मान्छे सत्यवादी हुनु पर्छ । सत्यले नै संसारमा सही मार्गदर्शन गर्छ । सत्य नै मानवको परं धर्म भएकाले सर्व प्रथम हामी सत्यमा अडिन सक्नु पर्दछ । यसैगरी जीवनमा दान पनि गरिरहनु पर्छ भन्ने विदुरको मत छ । दान गर्न पनि कहिल्यै भुल्नु हुदैन । कर्मको मार्गलाई पनि सधैँ अवलम्बन गर्नु पर्दछ अर्थात् कर्म गर्न छोड्नु हुँदैन । यसैगरी गुणमा दोष पनि देख्नसक्नु पर्दछ भन्ने विदुरको मत छ । मानवमा क्षमाभाव पनि रहनु आवश्यक छ । यसैगरी अर्को छोड्नु नहुने कुरा भनेको धैर्य हो । जीवनमा धैर्य रहन सकिएन भने पनि प्रगति असम्भव छ भन्ने विदुर नीति चिन्तनीय छ । –नारायणप्रसाद निरौला –harekpal bata