साप्ताहिक राशिफल २०७५ मंसिर ९–१५ गतेको

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि साता अर्थकरी रहने देखिन्छ । सोचेका काम पूरा हुने छन् । आर्थिक वृद्धि हुनुका साथै व्यापार व्यवसायबाट पनि उल्लेख्य लाभ हुने देखिन्छ । अध्ययनमा रुचि जाग्ने छ । शत्रु पराजित हुने छन् । सामाजिक माम प्रतिष्ठा प्राप्त हुनुका साथै आफन्त जनको पनि साथ सहयोग मिल्ने देखिन्छ । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । वृष राशिः वृष राशिका लागि यो साता फलदायी देखिन्छ । काम बन्नुका साथै आर्थिक उन्नति हुने छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । धनको क्षेत्र सबल छ । भौतिक सुख सुविधा मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ । शत्रु पराजित हुने छन । व्यापार व्यवसायबाट पनि विशेष लाभ देखिन्छ । बुधबार र बिहीबार स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ । मिथुन राशिः मिथुन राशिका लागि साता लाभदायी देखिन्छ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको प्राप्ति हुने छ । शत्रु निर्वल छन् । अध्ययनको क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । भूमिबाट विशेष लाभ हुने छ । कला साहित्यका क्षेत्रमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा पनि मिल्ने देखिन्छ । व्यापार व्यपवसायबाट लाभ हुने छ । अन्य क्षेत्र मध्यम फलदायी देखिन्छ । बिहीबारबाट भने खर्चमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि साता फलदायी रहनेछ । सातको आरम्भमा केही कर्य बाधा आईपरे पनि मंगलबारबाट क्रमिक सुधार हुँदै जानेछ । व्यापार व्यवसायबाट लाभ हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै नयाँ काम पाउने योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहे पनि स्वास्थ्मा भने ध्यन दिनु नै उचित हुने देखिन्छ । सिंह राशिः सिंह राशिका लागि साता अर्थकरी रहने देखिन्छ । बौद्धिक कार्यमा विशेष रुचि जाग्ने छ । वाणिज्य व्यापारबाट विशेष लाभ हुने छ । धनको क्षेत्र सबल छ । आर्थिक उन्नति हुनुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्रका अवसर पनि मिल्ने छन् । मंगल र बुधबार कार्यमा बाधा अइपर्न सक्ने देखिन्छ । अन्य क्षेत्र सबल छन् ।

कन्या राशिः कन्या राशिका लागि साता फलदायी रहनेछ । सोचेका काम पूरा हुने छन । कार्य गर्ने जोश जागर पलाउनुका साथै अध्ययनमा पनि रुचि जाग्ने छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै लक्ष्मीवृद्धिको योग पनि देखिन्छ । व्यापार व्यवसाय पनि फलदायी नै रहनेछ । विद्याको क्षेत्र सबल छ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनेछ । अन्य क्षेत्र मध्यम फलदायी देखिन्छ । तुला राशिः तुला राशिका लागि सात उत्तम फलदायी रहने देखिन्छ । कार्य प्राप्तिका साथै आर्थिक उन्नतिको योग पनि देखिन्छन् । कर्म क्षेत्र बलबान् छ । अध्ययनमा रुचि जाग्नुका साथै धार्मिक कार्यमा विशेष अभिरुचि रहनेछ । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुने देखिन्छ । व्यापार व्यवसायमा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठना मिल्नुका साथै धार्मिक यात्राको योग देखिन्छ । वृश्चिक राशिः वृश्चिक राशिका लागि साता मध्यम फलदायी देखिन्छ । मंगलबासम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । बुधबार कार्यमा सफलता मिल्दै जानेछ । आर्थिक क्षेत्र सबल देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्योन्नतिको योग पनि देखिन्छ । बौद्धिकार्यमा विशेष सफलता रहनेछ । पारिवारिक साथ सहयोग रहनुका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने देखिन्छ । धनु राशिः धनु राशिका लागि साताको लाभदायी रहनेछ । व्यसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै अध्ययन अध्यापनकमा क्षेत्रमा सफलता मिल्नेछ । मित्रजनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । आर्थिक क्षेत्र सबल छ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै भौतिक पदार्थबाट विशेष लाभ हुनेछ । मंगल र बुधबार भने खर्चमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता अर्थकरी रहनेछ । श्रीवृद्धिका साथै आर्थिक उन्नति हुने छ । अध्ययनमा रुचि जाग्नुका भूधनबाट विशेष लाभ हुने देखिन्छ । शत्रु निर्वल रहने छन् । स्वास्थ्को क्षेत्र मध्यम फलदायी रहनेछ । धार्मिक कार्यमा विशेष रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग देखिन्छ । साताको अन्त्यतिर कर्यमा बाधा आउनुका साथै खर्च बढ्न सक्ने देखिन्छ । कुम्भ राशिः कुम्भ राशिका लागि साता वृद्धिदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै मान सम्मानको योग पनि देखिन्छ । कार्यमा उन्नति हुने छ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै व्यापार व्यवसायाट पनि विशेष लाभ हुने देखिन्छ ।मीन राशिः मीन राशिका लागि साता मिश्रित फलदायी रहनेछ । आरम्भमा कार्यमा व्यवधान रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट कार्यमा सफलता मिल्ने देखिन्छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । धनको क्षेत्र सबल छ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनको क्षेत्र सबल छ । पारिवारिक सुख मिल्ने देखिन्छ । उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्कः ९५११०२१०५,९८४१०१२२०३ harekpal bata