पप्पुको ठेक्का अलपत्र

९ मंसिर २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
8 Shares


काठमाण्डौ मंसिर ९ – पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ।

उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि २०७१ असारमा पुल निर्माण थालिएको थियो।

पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सारमृत सञ्जीवनी जेभी बानेश्वरले २०७४ असारको म्याद राखी ठेक्का सकारेका थिए।

नाकाबन्दी, बन्दहडतालजस्ता बहाना बनाउँदै कम्पनीले तोकिएको समयसीमामा ५ प्रतिशत मात्र काम गरेको थियो। पुनः २०७५ असारभित्र काम सम्पन्न गर्ने गरी एक वर्ष म्याद थप गरिएको थियो।
यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • के छ विष्णु पुराण अध्यायमा
  • पुरुषको जीवमा यी लक्षण भएका स्त्रीसंग विवाह गर्दा भाग्य चम्कने
  • व्रत बस्नुका के के छन् फाइदा
  • आफै कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोपीत गर्ने विषय गम्भीर छ…
  • कांग्रेस नेता भण्डारीद्वारा कुवेतमा रहेकी सुत्केरी महिलालाई ५० हजार आर्थिक…
  • भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको पाकीस्तानका प्रमको दाबी
  • नेपाल मेडिकल कलेजका २ डाक्टर माथी कुटपीट
  • कांग्रेस प्रवक्ताले भने – प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा…
  • कोरोना भाईरसवाट निको भएर घर फर्कीए १८३ नेपाली
  • एनआरएनए अमेरिकाको नवौँ साधारण सभा डिजिटल अनलाईन हुने ।