सम्पादकीय : राष्ट्र प्रमुखको सुबिधामा पुनर्बिचार जरुरी

९ मंसिर २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


राष्ट्र प्रमुखलाई सुबिधा उपलब्ध गराउने बिषयलाई लिएर शितल निबास र सुबिधाको प्रबन्ध गर्ने सरकार फेरी एक पटक बिवादमा तानिएको छ । त्यसो यस भन्दा अगाडि पनि प्रथम राष्ट्रपति रामबरण यादबलाई सरकारी सुबिधा उपलब्ध गराउने कुरामा बिवादहरु भएका थिए, उनको हकमा उनी पदबाट बाहिरिए पछि सुरक्षा सुबिधा र घर बहालको बिषयलाई लिएर धेरै आलोचनाहरु भएका थिए । तर पद बहालमा रहँदा सुबिधाको बिषयलाई लिएर त्यति चर्चा सुनिएको थिएन तर अहिले बर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी राष्ट्रपति भए देखी नै बुलेट प्रुफ आवास, अठार करोडका थप गाडी र निवास बरपरका महत्वपुर्ण संरचनालाई सारेरै र्भ पनि उपलब्ध गराउन लागिएको थप आवासका बिषयमा बहस भएको हो जुन धेरै हद सम्म जायज छ । परिवर्तित अवस्थामा सरकारलाई प्रयाप्त बजेटको उपलब्धता छैन । बिभिन्न तहका सरकारको प्रशासनीक र कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिँदा बिकाश कार्य ठप्प प्राय छ । नागरिकका आवश्यकता प्राथमिकतामा पर्न सकेका छैनन भने महंगीको सिमा नाघेको अवस्थमा नागरिक पिडित छन् । राष्ट्रपति देशको अभिभावक हो, व्याक्ति भन्दा पनि संस्थाको रुपमा सम्मानित पद राष्ट्रपतिले सुबिधा पाउनु अवश्य गलत थिएन तर यो अवस्थामा चाहिने भन्दा बढि बिलासी बनाइनु कति जायज होला ? सुरक्षा र उनको स्वास्थ्यको बिषय महत्वपुर्ण हो तर त्यसको लगि अहिले चालिएका बिकल्प नै अन्तिम हुन् त ? सोंच्न जरुरी छ । त्यसो अहिलेको सरकारले अघिल्ला सरकारको निर्णय भनेर उम्किने प्रयास गरेको छ । अगाडिका सरकारका धेरै निर्णयमा कैंची लगाएको सरकारले यो निर्णयमा पहिलेको सरकारलाई औंला ठडाएरै उम्किन मिल्ला ?

फेसबुकबाट तपाईको प्रतिक्रिया