तिलोत्तमा मेलामा शनिवार २ करोडको कारोबार

प्रकाशित मिति:

उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजनामा रुपन्देहीको मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको तेस्रो दिन शनिबार मात्र २ करोडको कारोबार भएको आयोजकले जनाएको छ । साथै महोत्सवमा एकैदिन २० हजार दर्शकले अवलोकन गरेको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
उनले महोत्सवमा बढ्दै गएको भिडलाई देखेर आयोजकपनि उत्साहित भएको जानकारी दिए । महोत्सवमा हास्य कलाकार दिनेश काफ्लेको प्रस्तुतीले दर्शकको भिड सम्हाल्न हम्मेहम्मे भएको आयोजकले जनाएको छ । उनले विभिन्न नेता, कलाकार, हास्यकलाकार लगायतको क्यारिकेचर गर्दा दर्शकले उनको प्रसंसा गरेका थिए । त्यस्तैगरी राष्ट्रिय लोक तथा दोहोरी गायक नविन पौडे, गायिका उमा गिरी तथा आधुनिक तथा पप गायक कमल खत्री लगायतको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो ।यसैबीच शनिबार देखि तिलोत्तमा डान्स आइडलपनि सुरुवात भएको छ । पहिलो दिन टप टेन कलाकारको प्रस्तुती रहेको डान्स आईडल संयोजक लोकेन्द्र शाहले बताए । उनका अनुसार दर्शकको मत र जज हरुको मुल्यांकनको आधारमा  आइतबार एक जना कलाकार बाहिरिने छन् ।त्यस्तै शुक्रबार देखि सुरु भएको ५ ए साइड फुटवल प्रतियोगितामा शनिबार पनि तीन खेल भएको खेलकुद तथा अतिरिक्त कृयाकलाप संयोजक सितल ज्ञवालीले जानकारी दिए । २४ टिक सहभागि उक्त प्रतियोगिताको शनिबार भएको सिद्धार्थ युवा क्लब र बुटवल सोसाइटि सपोर्ट ग्रुप बीचको पहिलो खेलमा सिद्धार्थ युवा क्लब १ का बिरुद्ध ५ गोलले विजयी भएको छ । त्यस्तै माउण्ट स्टार फुटवल क्लब र मणिग्राम युनाइटेड बीच भएको दोस्रो खेलमा १ का बिरुद्ध २ गोल गर्दै माउण्ट स्टार विजयी भएको छ भने फुलवारी गायज र फर्साटिकर फुटवल क्लब बीचको तेस्रो खेलमा ३ का बिरुद्ध १० गोल गर्दै फुलवारी गायज विजयी भएको संयोजक ज्ञवालीले जानकारी दिए । आइतबार पनि तीन खेल हुने उनले बताए ।
महोत्सव परिसरमा रहेको रेसुंगा, रीडि कालिगण्डकी र रुरु नमूना प्रदर्शनमा सेल्फी खिच्नेको भीड बढेको छ ।यसैगरी कृर्षीको पेभिलियन, फुटसल, रानीमहलको पेभिलियन भित्र लुम्बिनीको वृत्तचित्र प्रदर्शन र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सचित्र अवलोकन, बाउन्नकोटी र बनबाटिकाको वृत्तचित्र प्रदर्शन मुख्य आर्कषक रहेको महोत्सव मुल आयोजक समितीको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले जनाए । शनिबार दर्शकको भिडले सम्पुर्ण स्टल व्यवसायीहरुले सन्तोषजनक कारोवार भएको बताएका छन् ।सास्कृतिक कार्यक्रम संयोजक प्रेम बहादुर घर्तीका अनुसार आज आइतबार लोक तथा दोहोरी गायक भागिरथ चलाउने, गायिका सम्झना भण्डारी, हास्य कलाकार पुरुस्वत्तम भण्डारी (पुर्खे बा), डान्सर विजय गुरुङ र सविता तथा कार्यक्रम संचालकको रुपमा नारायण परियार रहेका छन् ।