बैंकिङ क्षेत्रमा काम गर्नेका लागि बुटवलमा अभिमुखिकरण

प्रकाशित मिति:

झविन्द्र देवकोटा। नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकको जागिरे बन्ने तयारिमा रहेकाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम शनिबार बुटवलमा भएको छ । भाई ईन्स्टिच्युटले वित्तिय संस्थामा काम गर्न चाहनेहरुका लागि लक्ष्यीत गरेर एक दिने निःशुल्क अभिमुखिकरण कार्यक्रम गरेको हो । इन्टिच्यूटका प्रवन्ध निर्देशक निलम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च सरकारि वकिलको कार्यालय बुटवलका शाखा अधिकृत लोकमणि पाण्डेले कुनै पनि वित्तिय क्षेत्रमा काम गर्नका लागि अनुशासित सँगै इमान्दार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले निजामति सेवा प्रवेशका लागि लगन, मेहनत निरन्तरता र धर्यताले सफल बनाउने उल्लेख गर्दै कुनैपनि परिक्षा उर्तिण गर्नका लागि नयाँ जुक्तिको आवश्यता रहने बताउनुभयो । कार्यक्रममा कृषि विकास बैंक बुटवलका ब्यवसाय अधिकृत शालिक राम पौडेल, कपिलबस्तु जिल्ला अदालतका पर्शुराम पोखरेल, बरिष्ठ बैंकीङ्ग प्रशिक्षक मेघनाथ सुवेदी लगायतले परिक्षा दिने एउटै भन्दापनि फरक शैली अपनाउने सफल हुने बताउनुभयो । संचारकर्मी झविन्द्र देवकोटाले संचालन गर्नु भएको कार्यक्रममा वित्तिय क्षेत्र प्रवेशको तयरिमा रहेका झण्डै दुई सय जनाको सहभागिता रहेको थियो ।