कांग्रेस केन्द्रीय समिति बैठक शुरु, विधान मस्यौदामाथि छलफल हुने !

प्रकाशित मिति:

मंसिर ९, २०७५ काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको विधान मस्यौदामाथि छलफल हुने छ ।

विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेस गर्ने बताइएको छ । समितिमा सहमति नजुटेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गर्न लागेका हुन् ।

पदाधिकारी, संसदीय समितिको संख्या र चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका केही विषयका बारेमा मस्यौदा समितिमा फरक–फरक धारणा देखिएको छ । मस्यौदा अध्ययनका लागि २ देखि ४ दिनको समय राखेर फेरि केन्द्रीय समितिको बैठक बस्ने र लगातार मस्यौदामाथि छलफल हुने छ ।

कांग्रेसले महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।