पश्चिमान्चल ट्यांकरमा राकेश कसौधन पुन ;अध्यक्ष

प्रकाशित मिति:

पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघको आठौ अधिवेशन तथा तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा बोल्दैे नेपाल आयल निगमका प्रदेश नम्बर ५ का प्रमुख सुरज शाहले पेट्रोलियम पदार्थ ढुवानीमा सहज गराउदै व्यवसायीको माग अनुसार वितरण प्रणालीलाई थप व्यवस्थित बनाउदै लगिने बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थको ढुवानीमा लकिङ प्रणाली लागु गरिएपछि चुहावट नियन्त्रण भएको समेत बताउनु भयो ।संघका अध्यक्ष राकेश कुमार कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, निर्वतमान अध्यक्ष हरि बहादुर कुंवर पत्रकार यमलाल भुसाल, वरिष्ठ उपाध्यक्ष एम के मियाँ, भुपराज अर्याल लगाएतले पेट्रोलियम पदार्थको विक्री वितरणलाई व्यवस्थित बनाउदै लैजानु पर्नेमा जोड दिनु भयो । यसैबीच संघको अधिवेशनले पुन ः राकेश कुमार कसौधनको अध्यक्षतामा नयां कार्यसमिती समेत चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षद्धयमा मोहमद खालिया मिया एम के , सुर्वण कुमार गुरुङ, महा सचिवमा भुपराज अर्याल, सह महासचिवमा प्रेम बहादुर घर्ति, सचिवमा खर्क बहादुर पुन, उप सचिवमा दिलिप कुमार अग्रहरी र कोषाध्यक्षमा धनेन्द्र पौडेल निर्वाचित हुनु भएको निर्वाचन समितकिा संयोजक चोप नारायण श्रेष्ठले बताउनु भयो ।
त्यसै गरि संघको कार्य समिति सदस्यमा मदनलाल तेली, टिका राम न्यौपाने, प्रेम राज गेरै, हरि प्रसाद सापकोटा, अनिल जैसवाल, नर बहादुर कुंवर, सतिश चन्द्र जैसवाल, सुमित श्रेष्ठ, सन्तोष खरेल, विकास ढुगांना, अभिषेक भारी, विजेन्द्र कुमार कशौधन, वलराम उप्रेती, विष्णु पौडेल, र विरेन्द्र पुन चयन हुनु भएको छ ।त्यसै गरि संघको प्रमुख सल्लाहकारमा चोपनारायण श्रेष्ठ, सल्लाहकारमा पृथ्वी राज भुसाल, दयाशंकर प्रसाद कसौधन, पशुपति भारी, महेश्वराज पाण्डे, दुलीचन्द्र अग्रवाल, मारकण्डे प्रसाद कसौधन र रुद्र प्रसाद शर्मा चयन हुनु भएको छ ।