लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु,हिंसा निर्मुल पार्न दिर्घकालीन समाधान खोज्न जरुरी रहेको मन्त्रि बरालको भनाई

प्रकाशित मिति:

लैंगिक हिंसा,दुव्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने नारासहित सामाजिक विकास मन्त्रालय प्रदेश न ५ को आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । अभियान शुभारम्भ कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रि सुर्दशन बरालले हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औंल्याउंदै हिंसा अन्तयको अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरणमा सरकार सफल हुने बताउनुभयो । साथै वहांले महिलाहरुका लागि शिप, तालिम जस्ता कार्यक्रम प्रदान गर्ने र महिलाहरुले पनि आत्मनिर्भरको बाटो अपनाउन कोशिस गरेमा हिंसा रोक्न सकिने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ प्रदेश न ५का सचिव गोविन्द रेग्मीले हिंसा नयूनिकरणका लागि चेतनाको आवश्यकता रहेको भनाई राख्नुभयो ।वहांले हिंसा मुक्त समाज निर्माणका लागि विद्यालयहरुमा पाठ्यक्रममै समावेश गरेर विद्यार्थीहरुलाई त्यसका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले १६ दिनको अभियानले हिंसा रोक्न खेल्ने भूमिका राम्रै हुने भएपनि अभियानलाई वर्षैभरि निरन्तरता दिन सकिएमा र हिंसामा पर्नेले खुलेर हिंसा विरुद्ध लड्न सकेमा लैंगिक हिंसामा कमी आउने बताउनुभयो । सामाजिक विकास मन्त्रि सुर्दशन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण ज्ञवाली,सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञा निौला लगायतले बोल्नुभएको थियो । अभियानको शुरुवात हामीलेहिंसा गर्ने छैनौं र सहने छैनौं भन्ने प्रतिबद्धता सहित गुबडा उडाएर गरिएको थियो ।