गरिमा बैंक १२औं वर्षमा प्रवेश,, वार्षिकउत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

गरिमा विकास बैंक १२ औं वर्षमा प्रवेश गरेको छ  । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा २०७५ मंसीर ७ गते शुक्रबार देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विकास बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ्ग, ईटहरी सुनसरी र घोराही दाङ्गमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट ४३० युनिट रगत संकलन भएको छ । यसै सिलसिलामा विकास वैंकको उद्गमस्थल स्याङ्गजाको वालिङ्ग शाखा कार्यालयमा सरसफाई कार्यक्रम गरेको छ साथै शाखा विस्तारको क्रममा मंसिर ७ गते विकास वैंकले कास्की जिल्ला पोखरा महानगरपालिका अन्र्तगत वुद्घचोक शाखा कार्यालयको समुद्घघाटन नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले गर्नु भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक यस गरिमा विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ । २०७५ मंसीर ७ गते सम्म विकास बैंकले रु२४ अर्ब ५० करोड निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको छ ।